काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् । चौथो पटक नेपाल आउन लागेका उनी आगामी भदौ १४ गते नेपाल आउने कार्यसूची रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी भदौ १४ र १५ गते नेपालमा हुने चौथो विमस्टेक बैठकमा सहभागि हुन नेपाल आउन लागेका हुन । यस पटकको भ्रमणका क्रममा मोदी पोखरा तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुग्ने योजना रहेको बताइएको छ ।
यसअघिको भ्रमणमा मुस्ताङबाट पोखरा फर्कने कार्ययोजना भएपनि समय अभावका कारण मोदी पोखरा जान सकेका थिएनन् । यसपटकको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पशुपति क्षेत्र विकास कोष परिसरमा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्ने कार्यसूची पनि राखिएको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको नेपाल अध्यक्ष राष्ट्र हो । यो संगठनमा भारत, वंगलादेश, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान सदस्य राष्ट्र रहेका छन् ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...