
नयाँ विकल्प,
काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय हित रहेको बताएका छन् ।
सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘एमसीसी भनेको विशुद्ध एउटा अनुदान सहयोग सम्झौता हो । यस्तो सम्झौता थुपैै देशहरुसँग हुने गरेको छ । तर सबभन्दा ठूलो सम्झौता भएको छ । देशमा भारत, अमेरिका, चीनको त्रिपक्षीय सामरिक द्वन्द्व मडारिँदो छ ।’
अहिले एमसीसीको विषय गिजोलिएर जनस्तरसम्म कित्ताबन्दी भएको भन्दै भट्टराईले यसलाई बेलैमा टुंगो लगाउनुपर्ने बताए ।
‘राजनीतिक द्वन्द्वको बाछिटा पनि त्यहाँ पर्यो । भारतसँग सहयोग लिँदा चीन र अमेरिकी पक्षले भित्र भित्र उक्साइदिने, चीनसँग सहयोग लिन खोज्दा भारत र अमेरिकी पक्षले उक्साइदिने, अमेरिकासँग लिन खोज्दा चीन र भारत पक्षले उक्साइदिने यस्तो पनि जोडिन पुग्यो ।’ उनले भने,
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...