रसुवाबाहेक १९ जिल्लाको सदस्यता बिबाद टुंगियो तर असोज ५मा ७ जिल्लाको मात्र वडा अधिवेशन – Naya Bikalpa
August 14, 2026, Friday      Epaper
नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारी

रसुवाबाहेक १९ जिल्लाको सदस्यता बिबाद टुंगियो तर असोज ५मा ७ जिल्लाको मात्र वडा अधिवेशन



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशिल सदस्यता बिबाद समाधान कार्यदलले बिबादित २० जिल्लामध्ये रसुवाबाहेक सबै जिल्लाको क्रियाशील सदस्यता बिबाद समाधान गरेको छ।


२० जिल्लाको क्रियाशिल सदस्यता बिबाद टुंगो नलागेपछि पार्टीले तय गरेको पूर्वनिधारित अधिवेशनको कार्यातालिका संशोधन गरीएको थियो। भदौ १८ गते देशभरका सबै वडाको अधिवशेन गर्ने कार्यतालिका थियो। तर ५६ जिल्लको मात्र अधिबेशन सकिएको छ।

वाँकी २१ जिल्लामध्ये पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा बिबादकाबीच भदौ २५ गते वडा अधिवशेन भएको छ भने बिबाद समाधान भएका १९ जिल्लामा मात्र संशोधित कार्यतालिका अनुसार असोज ५ गते वडा अधिवेशन हुने भएको छ ।

वाँकी १२ जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली प्रकाशन र निर्वाचन अधिकृत खटाउनेदेखि निर्वाचन कार्यतालिका प्रकाशन गर्न समयसीमा अपुग भएको भन्दै केन्द्रीय निर्वाचन समितिले ७ जिल्लाको मात्र वडा अधिवेशन संशोधित कार्यतालिका अनुसार गर्न सकिने बताएको छ।
१२ वटा जिल्लावको वडा अधिवेशन भने असोज ५ गतेदेखि पार्टीको जिल्ला र स्थानीय तहसँगको समन्वयमा निर्वाचन समितिले तोक्ने भएको छ। सात जिल्लाको क्रियाशिल सदस्यताको बिबरण सार्वजनिक भइसकेको छ भने १२ वटा जिल्लाको क्रियाशिल सदस्यता टुंगा लागे पनि त्यसको ब्यवस्थापनमा केही समय लाग्ने क्रियाशिल सदस्यता छानबिन केन्द्रीय समितिका सदस्य प्रदीप पौडेलले बताए।

पूर्वमहामन्त्री सिटौलाको संयोजकत्वमा गठित कार्यदलका सदस्यहरु डा.मिनेन्द्रप्रसाद रिजाल र रमेश लेखक रहेका छन्। तीन नेताले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई दिइएको छ।


कतिपय जिल्लामा नयाँ सदस्यता स्थगित गरियो


नेपाली कांग्रेसको क्रियाशिल सदस्यता बिबाद सदाबहार भइरहने जिल्ला हो, सप्तरी र धनुषा । यि दुवै जिल्लामा यो महाधिवेशनमा पनि नयाँको सदस्यता स्वीकृत नगरी पुरानै क्रियाशिल सदस्यतालाई आधार मानिएको छ।

सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने विश्वास गरिएको छ। बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र – १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ । क्षेत्र नंम्वर ३ को कलैया उपमहानगरपालिकाका केही वडामा पनि नयाँ सदस्यता स्थगन गरिएको छ।

सप्तरी जिल्लाको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया शुरु हुनेछ । सर्लाहीको क्रियाशील सदस्यता टुंगिएर छपाइमा गइसकेको छ। रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा १३औं महाधिवेशनका २१६ क्रियाशील सदस्यता संख्या केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको निर्णयपछि केन्द्रबाट हटाइएको थियो, अब ती संख्या फेरि थप गर्ने सहमति भएको छ।

पर्साको वीरगञ्जमा सदस्यता छानविन समितिका संयोजक रमेश लेखक, आनन्द ढुंगाना र जीवन परियारसहित रौतहटका सबै पक्षका नेताहरुसँग छलफल गरेर सहमति भएको हो। लेखक संयोजक रहेको समितिले प्रदेश दुईका बारा र सप्तरीको क्रियाशील सदस्यता फाइल नै खोलेको थिएन भने सर्लाही– २ र धनुषा–४ को विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो।

धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र– ४ को वट्टेश्वर नगरपालिका–५, क्षिरेश्वर नगरपालिका–१० मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने मिथिला बिहारी नगरपालिका–६ र १०, लक्ष्मीनिया गाउँपालिका – १ र २ मा वडा सभापतिले सिफारिस गरेकालाई मात्रै मान्यता दिने समझदारी भएको छ।

क्षिरेश्वर नगरपालिका–७, लक्ष्मीनिया गाउँपालिका–३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ मा वडा सभापतिले सिफारिस गरेका क्रियाशील सदस्यहरुले मात्रै मान्यता पाउने भएका छन्

१४औं महाधिवेशनमा स्थगन भएका नयाँ क्रियाशील सदस्यतालाई १४औं महाधिवेशनपछि प्रक्रिया पुर्याएर दिने सहमति कार्यदलले गरेको छ।
कैलालीको टीकापुर नगरपालिका–१ मा नयाँ सदस्यता स्थगन गरेर पुरानाबाटै अधिवेशन गर्ने सहमति भएको छ। नयाँ संशोधित कार्यतालिका अनुसार गाउँपालिका र नगरपालिकाको अधिवशेन असोज ९ गते तोकिएको छ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३सम्म तोकिएकाे छ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ आश्विन ४, १५: ०५

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ आश्विन ४, १५: ०५

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ आश्विन ४, १५: ०५

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...