किसुनजीका ‘अनुयायी’ डा. खड्का परराष्ट्रमन्त्री नियुक्तः आजै अमेरिका जाने – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper
शालिन, भद्र र बैाद्धिक नेता खड्कालाई किन रोजे देउवाले?

किसुनजीका ‘अनुयायी’ डा. खड्का परराष्ट्रमन्त्री नियुक्तः आजै अमेरिका जाने


काठमाडौं —नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज कांग्रेस नेता खड्कालाई मन्त्रि पदको सपथ पनि खुवाउँदैछिन्।


प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सांसद खड्कालाई परराष्ट्र मन्त्री बनाउनको लागि निर्णय गरि राष्ट्रपति सममक्ष सिफारिस गरेको थियो। डा. खड्कालाई अहिले १ बजे राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री नियुक्त भएको दुई महिना बितिसक्दा समेत मौजुदा मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै कांग्रेस सभापति देउवाको आलोचना भइरहँदा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको छ। परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि खड्का आजै राति साडे आठ बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ जाने भएका छन्।

नेपाली कांग्रेसको परराष्ट्र विभाग हेर्दै आएका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट २०७४ साल मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचन विजयी भएका हुन्।

को हुन खड्का र पाए परराष्ट्र मन्त्रालय ?

नेपालको राजनीतिमा निस्वार्थ र निष्कलंक क्षवि बोकेका सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अनुयायी खड्का शालिन, भद्र र बैद्धिक नेताको रुपमा चिनिन्छन्। कुनै पार्टी, नेता वा व्यक्ति बिशेषमाथि गाली गलौज, टिप्पणी र विरोध गर्न नरुचाउने खड्का पार्टी भित्र गुटको भक्तिगाथा नगाउने नेतामा पर्छन्।

२००५ सालमा भोजपुरमा जन्मिएर पछि उदयपुर बसाँई सरेका खड्का राष्ट्रपति विद्यादेवी भण्डारी र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका नातेदार पनि हुन्। उनी शन्त नेता भट्टराईको अनुयायी र भक्त मात्र होइन, स्वयंम भट्टराईका विश्वाशिल र भरपर्दा राजनीतिज्ञ हुन्। २०२३ सालदेखि कांग्रेसको राजनीतिमा लागेका खड्काले भारतको पूणेंस्थित एक विश्वविद्यालयबाट अर्थशास्त्रमा बिद्यावारिधी गरेका छन्।

उच्च शिक्षा अध्ययान रोजगारीको शिलशिलामा लामो समय क्यानाडा बस्दै आएका खड्कालाई पूर्वप्रधानमन्त्री भट्टराईले २०५५ सालतिर नै नेपालमा आएर सक्रिय राजनीतिको लागि हौसाएका थिए। २०५६ सालको संसदीय निर्वाचनमा झिनो मतले पराजित खड्काले त्यसपछि आमनिर्वाचनमा भने कहिल्यै पराजय भोग्नु परेन्।

२०६४ सालको संविधानसभा निर्वाचनमा एमाले र कांग्रेसका एक से एक नेता पराजित हुँदा पनि खड्का उदयपुर क्षेत्र नं १ बाट बिजयी भएका थिए। खड्काले २०७० र २०७४ को निर्वाचनमा समेत विजयी हासिल गरिसकेका छन्।

तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा पहिलो राजनीतिक सल्लाहकारमा नियुक्त खड्कालाई पछि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि बनाइएको थियो। खड्का किसुनजीकै चाहना अनुसार २०५९ सालमा तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिको नेतृत्व गरेका शेरबहादुर देउवाको पक्षमा लागेका थिए।

देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा भने उनलाई किसुनजीको अनुयायी र देउवाको कट्टर समर्थक नभएको भन्दै ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमै हराइयो। त्यसबेला देउवा निकट युवाहरु डा.मिनेन्द्रप्रसाद रिजाल र डा. प्रकाशशरण महत दुवै अर्थ र परराष्ट्र मामिलाका विज्ञ भएका कारण खड्कालाई पाखा लगाइएको धेरैको बुझाइ छ।

कांग्रेससँग प्रजातान्त्रिक कांग्रेसको एकीकरणपछि भने खड्का बिस्तारै गिरिजाप्रसाद कोइराला र त्यसपछिका सभापति शुशिल कोइरालासँग नजिकिए। उनले पार्टीको १२ र १३औं महाधिवेशनमा शुशील कोइराला र रामचन्द्र पौडेल समूहबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री शुशिल कोइरालासँग पश्चिमा देशका राजदूत र कुटनीतिज्ञसँगको भेटघाट र सम्पर्क बिस्तारको प्रमुख भूमिका खड्काकै थियो। खड्काको बैद्धिक र निष्कलंक क्षविलाई चिनेर नै कोइरालाले किसुनजी निकट भएको आधारमा पूर्वाग्रह नराखी खड्कालाई आफ्नै क्याविनेटमा मन्त्री समेत बनाएका थिए।

पछिल्ला ३ वर्षदेखि बीपी पुत्र डा. शशांक कोइरालासँग निकट खड्का विगत १० महिनायता भने कांग्रेस सभापति शेरबहादुर देउवासँग बारम्बार भेट गर्दै आएका थिए। कुटनीतिक मामिला र परराष्ट्र सम्वन्धका बिषयमा देउवाले खड्कासँगै सल्लाह लिने गरेका थिए। यसअघि देउवालाई परराष्ट्र मामिला हेर्दै आएका डा. प्रकाशशरण महतले देउवाले अर्थ मामिला र सांगठानिक क्षेत्रमा जिम्मेवारी परिवर्तन गरेका थिए।

डा. खड्कालाई यो पटक मन्त्रिपरिषद्मा लैजाने बारेमा डा. शशांक कोइरालाले सिफारिस नगरेपछि उनी देउवाकै रोजाईमा थिए। महामन्त्री डा. कोइरालाले नेतृ सुजाता कोइरालालाई परराष्ट्रसहित उपप्रधानमन्त्री बनाउन सिफारिस गरेका थिए। तर देउवाले आफ्नो क्याबिनेटमा उपप्रधानमन्त्री नियुक्त नगर्ने अडान राख्दै आएका छन्।

असन्तुष्ट नेता रामचन्द्र पौडेलले डा. मिनेन्द्रप्रसाद रिजाललाई परारष्ट्र मन्त्रालयको जिम्मेवारी दिने योजना बनाएका थिए। तर, सभापति देउवाले मंगलबार बोलाएको सत्तारुढ गठबन्धनको बैठकमा देउवाले संयुक्त राष्ट्रसंघको महासभामा जानैं पर्ने समय सीमाका कारण खड्कालाई तत्काल परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनु पर्ने प्रस्ताव राखेका थिए।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ आश्विन ६, १३: २२

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ आश्विन ६, १३: २२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन ६, १३: २२

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...