
काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग बिहीवार सर्वोच्च शिखर सगरमाथाको आधार शिविर खुम्बु पुगेर फिल्मी शैलीमा इन्गेजमेन्ट गरेकी छन्।
सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको एक फेसन शोमा भाग लिन जाने क्रममा शरदले ‘फिल्मी शैली’मा घुँडा टेकेर इन्दिरालाई औँठी लगाएको भिडियो सार्वजनिक भएको छ। गत वर्ष इन्दिराले सामाजिक सञ्जालमा प्रेमी शरद केडियाले रिङ लगाइदिएको एक तस्विर पोस्ट गर्दै आफूहरु विगत २ वर्षदेखि प्रेममा रहेको भन्दै जिन्दगीको अन्तिम सास रहेसम्म एकसाथ रहने बाचा गरेकी थिइन।
सामाजिक सञ्जालमा गायिका जोशीले आफ्ना प्रेमी केडियाले ‘मसँग विवाह गछौं?’ भनेर सोधेको र मैले ‘गर्छु’ भन्ने जवाफ दिएको भन्दै इन्गेजमेन्टको तस्वीर सार्बजनिक गरेकी छन्।
पछिल्लो समय रियालिटी गायन ‘शो’मा ‘जज’को भूमिकामा रहेकी इन्दिरा ‘चौबन्दी चोली अनि रातो घाँघर’ गीतबाट चर्चित बनेकी हुन्। चलचित्र ‘लुट’ को ‘उध्रेको चोली छ है’ गीतले निकै लोकप्रीय बनाएको थियो। त्यसयता उनले निकै लोकप्रिय गीतमा आफ्नो आवाज दिइसकेकी छन्।
उनले गाएका ‘ठूली’ को ‘म त मर्छु क्या हो’, ‘कथा काठमाण्डू’ को ‘रातको कुरा’, ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’, ‘मुखौटा’ को ‘एक चोटीमा’ जस्ता चलचित्रका गीत चर्चित छन् भने उनले कैयौं आधुनिक गीत पनि गाएकी छन्।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...