कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। असोज ८ गते शुक्रबारदेखि रुघा खोकी र कोभिड १९ को संक्रमणको लक्षण देखिएको आशंकामा एन्टिजेन्ट विधि र आरटी पिसिआर प्रविधिबाट स्वाब परिक्षण गराउँदा समेत कोभिड १९ पोजेटिभ देखिएको महामन्त्री खड्काले जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै महामन्त्री खड्काले असोज ८ गते शुक्रबारसम्म आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क हुन र आशंका लागेमा कोभिड १९ को परिक्षण गर्न आग्रह गरेका छन्। सत्तारुढ कांग्रेसका महामन्त्र िखड्का प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका सबै राजनीतिक नीतिगत विषयमा सल्लाह दिँदै आएका थिए।


पार्टीको १४औं महाधिवेशनको तयारी, बिबाद निरुपण र सत्तारुढ गठबन्धनका बारम्बार हुने बैठकमा धेरै व्यस्त भएका महामन्त्री खड्कामा कोरोना संक्रमण पुष्टि भएपछि राजनीतिक दलका नेताहरु समेत सतर्क भएका छन्। महामन्त्री खड्काले आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क हुन आग्रह समेत गरेका छन्।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७८ आश्विन १०, १४: ४२

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७८ आश्विन १०, १४: ४२

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७८ आश्विन १०, १४: ४२

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...