
पोखरा । नेपाली कांग्रेस मनाङको जिल्ला सभापतिमा शंकर गुरुङ सर्वसम्मतले निर्वाचित भएका छन्। मनाङको चामेमा भएको कांग्रेसको जिल्ला अधिवेशनबाट गुरुङको नेतृत्वमा जिल्ला कार्यसमितिका सबै पदमा सर्वसम्मतले नेतृत्व चयन भएको हो।
वडा, गाउ, प्रदेश सभादेखि जिल्ला अधिवेशनबाट सबै कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि सर्वसम्मतले निमार्ण भएको पूर्वमन्त्री तथा निवर्तमान जिल्ला सभापति टेकबहादुर गुरुङले बताए। मनाङमा विजयी जिल्लासभापतिदेखि महाधिवेशन प्रतिनिधि सबै पार्टीको संस्थापन पक्षधर रहेका छन्।
मनाङ कांग्रेसको सभापतिमा शंकर गुरुङ, उप–सभापतिद्वयमा यज्ञ घले र चन्द्र घले, सचिवद्वयमा सुरेन्द्र गुरुङ र महेन्द्र घले विजयी भएका छन्। कोषाध्यक्षमा कर्माबहादुर गुरुङ, सह–सचिवद्वयमा काशिराम गुरुङ र सगर गुरुङले जिम्मेवारी पाएका छन्।

सदस्यहरूमा तिलो गुरुङ, कर्मढिण्डु गुरुङ, हरि गुरुङ, विनाकुमारी गुरुङ, गमबहादुर गुरुङ, यमकुमारी गुरुङ, पूर्ण घले, ओमप्रसाद पुनदेन, दावाछिरिङ लामा, लप्साङ लामा, निमाछिञ्जो लामा विष्णु लामा, शुकबहादुर गुरुङ, पासाङ लामा, सुशीला लामा, अर्जुन बिक, केशर बिक, पूर्णमाया गुरुङ, अनिल गुरुङ, इन्द्रकुमारी लामा श्रेष्ठ, थिङदोर्जे लामा, सोमबहादुर नेपाली र बेदबहादुर गुरुङ सर्वसम्मतले चयन भए।
मनाङमा एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले यहाँ क्षेत्रिय अधिवेशन गर्नु पर्दैन भने दुई वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ‘क’को सभापतिमा छिरिङ घ्याल्बो लामा र प्रदेश निर्वाचन क्षेत्र नं। ‘ख’को सभापतिमा छिरिङओङमा गुरुङ घले निर्वाचित भएका छन्।
मनाङबाट महाधिवेशन प्रतिनिधिहरूमा सभापति शंकर गुरुङसहित पूर्वमन्त्री पाल्टेन गुरुङ, पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङसहित कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टाँसी गुरुङ, गीता गुरुङ चयन भएका छन्।

यस्तै, मनकुमारी घले, दावा गुरुङ, कर्माअलोङ गुरुङ, आशा लामा, अभिप्रसाद पुनेल, प्रेम लामा, गम्भीरजंग बिक, कर्मा गुरुङ, अनिल गुरुङ (क), खेटुक गुरुङ, अनिता लामा, पार्वती लामा, अनिल गुरुङ (ख), छोङगिर्मे गुरुङ, ओङगेल गुरुङ पनि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि निवर्तमान सभापति टेकबहादुर गुरुङले सबै सर्वसम्मत भएर आएका पदाधिकारी, सदस्य र प्रतिनिधिहरुलाई बधाइ र शुभकामना दिएका छन्। उनले आफ्नो दुई कार्यकालमा सहयोग गर्ने कांग्रेसका नेता कार्यकर्ताहरूलाई धन्यावाद दिएका थिए।

शंकर गुरुङको नेतृत्वमा मनाङ कांग्रेसले अझै राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै निवर्तमान सभापति टेकबहादुर गुरुङले राम्रो र असल सभापति पाएकाले मनाङमा कांग्रेसलाई बलियो बनाउन आफूले समेत साथ र समर्थन गरिरहने बताए।

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...