कांग्रेसको ९ जिल्ला अधिवेशन सम्पन्नः संस्थापन र पौडेल पक्षका ४–४, सिटौला पक्षका १ – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

कांग्रेसको ९ जिल्ला अधिवेशन सम्पन्नः संस्थापन र पौडेल पक्षका ४–४, सिटौला पक्षका १

काठमाडाैं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा गत शनिबारदेखि शुरु भएको हिमाली २१ जिल्लाको अधिवेशनको क्रममा १० जिल्लाको अधिवेशन सम्पन्न भएको छ। तर दोलखा जिल्लाको सभापतिमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएकाले दोश्रो चरणमा धेरै मत ल्याउने २ उम्मेदवारबीच पुन प्रतिष्पर्धा हुने भएको छ।


९ जिल्लाको सम्पन्न भएको अधिवेशनबाट संस्थापन पक्षका ४ र संस्थापनइत्तर रामचन्द्र पौडेल पक्षबाट ४ सभापति निर्वाचित भएका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका एक जनाले जिल्ला सभापतिमा विजय हासिल गरेका छन्। शनिबार भएको जिल्ला अधिवेशनमा पौडेल पक्षका उम्मेदवारहरु पूर्वमन्त्री रोमी गौचन थकाली मुस्ताङबाट र पर्वी रुकुम जिल्लाबाट पूर्वसहायक मन्त्री केशरमान रोक्का विजयी भएका थिए।

आइतबार भएको निर्वाचनबाट पौडेल पक्षकै पूर्वराज्यमन्त्री दीपक खड्का संखुवासभाबाट र अम्बबहादुर शाही कालीकोटबाट जिल्ला सभापतिमा विजयी भएका छन्। संखुवासभाको जिल्ला सभापतिमा निर्वाचित खड्काले प्रतिस्पर्धी राइमान राईलाई १ हजार बढी मत अन्तरले पराजित गरेका थिए। खड्काले १ हजार १ सय ९८ मत ल्याउँदा राईले १ सय १० मतमा चित्त बुझाएका थिए।

पूर्वराज्यमन्त्री खड्का कांग्रेसको आन्तरिक राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाका विश्वासपात्र मानिन्छन्। संखुवासभाको जिल्ला अधिवेशनबाट उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७० मत ल्याए बिजयी भए भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन्।

यता संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाका विश्वासिला नेता पाल्तेन गुरुङ र टेकबहादुर गुरुङको समर्थनमा मनाङ जिल्ला सभापतिमा सर्बसम्मत रुपमा शंकर गुरुङ शनिबार नै विजयी घोषित भएका छन्। संस्थापन पक्षबाट रामेछापको सभापतिमा कान् पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन्।

आइतबार सभापतिमा भएको निर्वाचनमा तामाङले ६ सय ६८, संस्थापनइतर समूहका लवश्री न्यौपानेले ३ सय ५६ र कृष्णबहादुर महतले ३ सय २८ मत ल्याएका थिए। सभापतिमा निर्वाचित हुन खसेको सद्धर मतको ५० प्रतिशत कसैले पनि नपुर्याएपछि पहिलो र दोश्रो मत ल्याउने तामाङ र न्यौपानेबीच प्रतिस्पर्धा भएको थियो। तर, न्यौपानेले दोश्रो चरणमा प्रतिष्पर्धा नगर्ने जनाएपछि तामाङ विजय घोषित भएका थिए। रामेछाप सभापतिमा विजयी तामाङ सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधीका विश्वास पात्र हुन्। उनी चर्चित निर्माण व्यवसायी पनि हुन्।


यस्तै संस्थापन पक्षबाट ताप्लेजुङको सभापतिमा गजेन्द्र तुम्याहाङ निर्वाचित भएका छन्। तुम्याहाङले पूर्वजिल्ला सचिव छविलाल गुरुङलाई सभापतिमा पराजित गरेका हुन्। अधिवेशनबाट उपसभापतिमा गणेश चोङवाङ र डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन्। सहसचिवमा तेज सुनुवार र नन्दकुमार आङबुहाङ निर्वाचित भए।

संस्थापन पक्षकै मोहनबिक्रम सिंह हुम्लाबाट सर्बसम्मतले सभापति चयन भएका छन्। हुम्लामा सिंहसहित जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र प्रदेश प्रतिनिधि पनि सर्बसम्मतले चयन भएको थियो।

संस्थापन इत्तर समूह पौडेल समूहका अम्मबहादुर शाही कालिकोट कांग्रेस जिल्ला कार्यसमिति सभापतिमा सर्बसम्मतले चयन भएका छन्। पौडेल समूहका शाहीलाई सभापति चयन गर्न नेपाल तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाही र नेता सिटौला समूहका नेता तथा जिल्ला सभापति हर्षबहादुर बमले भूमिका खेलेका थिए। पौडेल र सिटौलासमूहको सहमतिपछि कालिकोटमा देउवा समुहले प्रतिष्पर्धामा उत्रने चेष्टा गरेको थिएन।

कालिकोटका ८२ वटा वडा, ९ वटा पालिका, २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको थियो। दुई वटा निर्वाचन क्षेत्र भएको गोरखाको जिल्ला सभापतिमा भने युवा नेता नन्दप्रसाद न्यौपाने विजयी भएका छन्।

न्यौपाने सिटौला समूहका नेता हुन। लोकप्रीय नेता न्यौपानेलाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पाैडेलको साथ र समर्थन रहेको थियो।
दोलखामा भएको निर्वाचनमा पहिलो र दोश्रो मत ल्याउने बर्मा लामा र ताराकुमार खड्काबीच हुने भएको छ। दोलखामा भएको जिल्ला सभापतिको चुनावमा संस्थापन पक्षका उम्मेदवार तथा बहालवाला जिल्ला सभापति रुद्रबहादुर खड्का तेश्रो मत पाएपछि दोश्रो चरणको प्रतिष्पर्धामा उनी वाहिरिएका हुन्।

चौथो मत ल्याउने केशव चौलागाईं पनि प्रतिष्पर्धाबाट बाहिरिएका थिए। दोश्रो चरणको सभापतिको निर्वाचनमा देउवा समूहले ताराकुमार खड्का र बर्मा लामामध्ये जसलाई समर्थन गरे उसैले जिल्ला सभापति जित्ने सम्भावना छ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७८ आश्विन १८, १८: ५९

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७८ आश्विन १८, १८: ५९

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७८ आश्विन १८, १८: ५९

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...