गोविन्द केसीले प्रमलाई फेरि अनसन बस्ने चेतावनी दिए – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

गोविन्द केसीले प्रमलाई फेरि अनसन बस्ने चेतावनी दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीका माग सम्बोधन गर्न राखेको नयाँ प्रस्तावप्रति असहमति जनाउँदै केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीले केसीका माग सम्बोधन गर्न एक समिति गठन गरी स्वास्थ्य क्षेत्रका वृहत समस्या समाधानका लागि सरकारले पहल गर्ने प्रस्ताव राखेका थिए ।

केसी पक्षले प्रधानमन्त्रीको प्रस्तावलाई भने फेरि पनि चिकित्सा शिक्षा सुधारको लागि आफूले अघि सारेका मागलाई संवोधन नगर्ने नयाँ रणनीति हुन सक्ने भन्दै शंकास्पद रुपमा लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार डा केसीसहितको टोलीसँग प्रधानमन्त्री ओलीले करिव २ घण्टा लामो छलफल गरेका थिए । आफूसँगको सम्झौतामा आफ्ना माग १५ दिन भित्रमा पूरा गर्ने सहमति भएपनि सहमति कार्यान्वयनका लागि सरकारले प्रभावकारी कदम नचालेको आरोप केसीले लगाएका थिए ।

उनले आफूसँग भएको सहमति कार्यान्वन गर्न सरकारले आलटाल गरेमा आफू पुनः आनसन बस्ने चेतावनी दिएका थिए । केसीको चुनौति सुनेपछि निकै बेचैन देखिएका प्रधानमन्त्री ओलीले केसीको माग पुरा गर्न मानसिक दबाब महसुस गरेका थिए । डा. केसीको गुनासालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा लैजानुपर्ने विषय सहमति अनुसार नै लगेको र मन्त्रिपरिषदमा आउनुपर्ने विषयमा शिक्षा मन्त्रालयसँग आवश्यक छलफल गरी अघि बढ्ने बताएका थिए ।

भेटमा सकारात्मक छलफल भए पनि सम्झौता कार्यान्वयन प्रक्रियामा अघि नबढेको विषय प्रधानमन्त्रीसँग भने डा. केसी पक्षधरले गुनासो गरेका थिए । प्रधानमन्त्रीले संसदमा लैजाने विधेयक सहमति अनुसार नै लगेको तथा अन्य समस्याको समाधानका लागि पहल गर्ने र एउटा समिति गठन गरेर प्रक्रिया अघि बढाउने प्रस्ताव गरेका थिए ।

केसीले भेटमा देशका सबै जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा आफूलाई जानकारी भएको भन्दै सबै जिल्लाको स्वास्थ्य समस्या समाधानका लागि सरकार गम्भिर हुनुपर्ने माग गरेका थिए । जवाफमा प्रधानमन्त्रीले पनि प्रत्येक जिल्ला र स्थानीय तहको अवस्था आफूलाई पनि जानकारी भएकाले स्वास्थ्य सेवालाई सर्बसुलब बनाउन सहयोग गर्न प्रस्ताव गरेको वालुवाटार स्रोतले जनायो ।

भेटमा डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्यालसहितको टोली सहभागी थियो भने बालुवाटरमा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार कुन्दन अर्याललगायतको सहभागिता भए पनि केपी बाहेक कसैले पनि बोलेका थिएनन् । केसीले सहमति तोडमोड भएमा आफू १६ औं अनसन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले डा. केसी समेत संलग्न भएको समिति बनाएर अन्य समस्या समाधान गर्ने गरेको प्रस्तावको जवाफमा केसीले त्यसमा आफू बस्न आवश्यक नभएको र आफ्ना प्रतिनिधि राख्दा हुने जवाफ दिएको डा केसी पक्षका वार्ता टोली सदस्यले बताए ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७५ श्रावण २८, ०८: ५२

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७५ श्रावण २८, ०८: ५२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७५ श्रावण २८, ०८: ५२

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...