जबरजस्तीको सम्बोधनमा करोडौं खर्च – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

जबरजस्तीको सम्बोधनमा करोडौं खर्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना हरेक मन्तव्य र भाषणमा उन्नति, प्रगति, समृद्धि र मित्तव्ययीताको पाठ सिकाउँछ तर आफैं त्यस्तो मितव्ययी छैनन् ।

ओलीको उपचारको नाममा नेपालवाहिर त्यो पनि सिंगापुर नै जानु पर्ने, विदेश भ्रमणमा जाँदा जम्बो टोली अनि राष्ट्रिय ध्वजावाहक बिमानलाई तिरस्कार गर्दै निजी कम्पनीको जहाज रिजर्भ गर्नु पर्ने मात्र होइन, स्वदेशमै रहेको एयरलाईन्स प्रयोग नगरी सैनिक जहाज नै चाहिने स्वभाव र जीवनशैलीले उनी आफै मुलुकको लागि महंगो र मित्तव्यय नचाहने प्रधानमन्त्रीको रुपमा स्थापित हुन थालेका छन् ।

त्यसको पछिल्लो उदाहरणको रुपमा उनले शनिबार मात्र प्रतिघण्टा ४ लाख ६२ हजार भाडा पर्ने नेपाली सेनको जंगी जहाज एमआई सेभेन्टिन चढेर जनकपुर जानुलाई लिन सकिन्छ ।

प्रधानमन्त्री ओली प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न हेलिकोप्टर चढेर जनकपुर पुगेका हुन् । हवाइ सुबिधाकै हिसाबले पनि जनकपुरमा आधा दर्जन बढी हवाई कम्पनीले नियमित उडान भर्छन् ।

सर्वसाधारणलाई पनि हवाइ टिकट लिन गाह्रो छैन । सरकार प्रमुख प्रधानमन्त्री जस्तो मान्छेलाई इशाराको भरमै निवासमै टिकट आईपुग्छ । तर उनले किन जनकपुर जान नियमित हवाई यात्रा नरोजेर हेलिकप्टर त्यो पनि महंगो भाडा तिरेर गए भन्ने महत्वपूर्ण पक्ष हो ।

निजी कम्पनीहरुले मात्रै काठमाडौं जनकपुर उडान भरिरहेका छन् । निजी विमानको भाडा महंगो छैन, आरएको तुलनामा । सस्तोमा ३३ सयदेखि महंगोमा ४८ सय र महंगोमा ओहोर दोहोर गरेपनि नौं हजार रुपैयाँभन्दा बढी पर्दैन । प्रदेश २ को सभालाई सम्बोधन गर्न जाँदा प्रधानमन्त्री एक्लै जाने कुरा भएन । पार्टीका अर्का अध्यक्ष पुुष्पकमल दाहाललाई पनि लैजाने चलन छ ।

दुुई चार जना सुरक्षा गार्ड र दुई चार जना आसे पासे सहितको जम्मा जम्मी टोली १० जनाको बनाउँदा पनि ९६ हजार रुपैयाँभन्दा बढी खर्च हुँदैन । प्रदेशसभाले प्रधानमन्त्री र उनको टोलीलाई खानपानको व्यवस्था गर्छ । तर, सरकार प्रमुखको सुरक्षाको सवाल देखाउँदै हेलिकोप्टर नै चार्टड गर्दा पनि निजी कम्पनीतिर प्रधानमन्त्रीको आँखा लगाउने चलन छैन ।

नेपाली सेनासँग साना हेलिकोप्टर भए पनि सानो हेलिकोप्टरले प्रधानमन्त्रीको टोलीलाई धान्न सक्दैन । त्यसैले ठूलै हेलिकोप्टर फन्दामा पर्ने गर्छन् । एम आई सेभेन्टिन हेलिकोप्टरको चार्ज सेनाले अरुसँग एक घण्टाको ४ लाख ६२ हजारको दरले लिने गर्छ । तर सरकार प्रमुख र राष्ट्रप्रमुखले यो हेलि प्रयोग गर्दा भाडा तिर्ने चलनै छैन । आयोजकले नै सरकार प्रमुख र राष्ट्र प्रमुखलाई निम्ता गर्दा भने कहिले काहीँ दिने गरेका छन् । तर प्रधानमन्त्री, राष्ट्रपतिले यसरी भ्रमण गर्दा अहिलेसम्म सेनालाई हेलि भाडा दिने गरिएको छैन ।

प्रधानमन्त्रीको प्रदेशसभा सम्बोधनका क्रममा नेपाली सेनाको एम आई सेभेन्टिन हेलिकोप्टर विहान १० देखि दिउँको ४ बजेसम्म नै इन्जेग भएको छ । यदि अरु कसैले यो हेलि ६ घण्टाका लागि लिएको भए नेपाली सेनाले २७ लाख ७२ हजार रुपैयाँ भाडा पाउँथ्यो ।

सेनालाई दिए पनि यो रकम सरकारी कोषकै रकम सिद्धिने हो । सरकारले यसरी नेपाली सेनालाई भाडा नतिर्दा सेनालाई नोक्सानी हुन्छ भने अर्काैतर्पm त्यो हेलिकप्टर अन्य सामाजिक कार्यमा प्रयोग हुने थियो । त्यसरी छ घण्टासम्म होल्ड गरेर हेलिकप्टर राख्दा सेनाका अन्य थुप्रै काम समेत प्रभावित हुन्छन् ।

प्रधानमन्त्रीले एउटा प्रदेशसभालाई सम्बोधन गर्न जाँदा २७ लाख ७२ हजार खर्च हुन्छ जबकि मितव्ययी हुन सकेको भए १ लाख रुपैयाँ हवाई भाडामै मजाले काम चल्थ्यो । कुरा काट्न माहिर प्रधानमन्त्री र उनको मन्त्रीपरिषद्का सदस्य र नेकपाका नेताले तर्क गर्छन् गाडिमा गएको भए झन सस्तो पर्छ भनेर प्रधानमन्त्रीलाई के गाडिमा कुदाउने ? प्रधानमन्त्री बन्नुअघि र पदमा नहरँदा उनी यसरी नै एम आइ सेभेन्टिनमा सयर गर्थे ? पाएको सुविधा लिने भन्दैमा राज्यकोषको रकम धुलो पिठो पार्नु कत्तिको मितव्ययी संस्कार हो ?

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ भाद्र ४, ०९: ०४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७५ भाद्र ४, ०९: ०४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७५ भाद्र ४, ०९: ०४

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...