
नयाँ विकल्प,
काठमाडौं – बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले सडकमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैको क्षति भएको सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले एक अर्ब पाँच करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताए ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा महानिर्देशक थापाले यो प्रारम्भिक विवरण रहेको र क्षति अझै बढ्न सक्ने बताए ।
वर्षाले १८ वटा सडकको दुई सय ४४ ठाउँमा बन्द भएको र तीमध्ये मनाङ, बाजुरा, बझाङ लगायतका ठाउँका सडक खुल्न बाँकी रहेको सडक विभागले जनाएको छ ।
मनाङमा सडक खुल्न अझै दुईरतीन दिन लाग्ने र बझाङमा अझै केही समय लाग्ने विभागले जनाएको छ ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...