चीन भ्रमणबाट महासंघको टोली स्वदेश फिर्ता – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

चीन भ्रमणबाट महासंघको टोली स्वदेश फिर्ता

काठमाडौं । अखिल चीन पत्रकार संघको निमन्त्रणामा एक हप्ते चीन भ्रमण सकेर गत बुधबार प्रतिनिधि मण्डल स्वदेश फर्केका छन् । सप्ताहव्यापी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले गरेका थिए ।

प्रतिनिधिमण्डलमा यस साप्ताहिकका प्रधान सम्पादक तथा नेपालवाणी मिडिया ग्रुपका अध्यक्ष दामोदर प्रसाद दवाडी महासंघको पूर्व केन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार हरि लम्साल, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ लेखा समिति सदस्य भूपेन्द्र आचार्य, पत्रकार ओमबन्धु कार्की रहेका थिए ।

चीन भ्रमणका क्रममा अखिल चीन पत्रकार संघकी महासचिव वाङ तुङ मेसँगको भेटवार्ता तथा पत्रकारिता क्षेत्रका बारेमा छलफल भएको थियो । त्यसैगरी नेपाली प्रतिनिधि मण्डलले बेइजिङ्गस्थित चाईना अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आईं) को अवलोकन गर्नुको साथै उक्त रेडियोमा विभिन्न देशबाट प्राप्त उपहार तथा रेडियो स्थापना भएदेखि हालसम्म प्रयोग भएका रेडियो सम्बन्धी इक्युपमेन्टहरुको संग्रहालयको अवलोकन समेत गरेको थियो ।

त्यसैगरी चाईना डेली न्यूज पेपर, अनलाइन, चाइना टेलिभिजनको मुख्य कार्यालय तथा विभिन्न एफ.एम स्टेशनहरुको समेत अवलोकन तथा सञ्चालन विधिबारे जानकारी समेत लिएका थिए । यस बाहेक प्रतिनिधि मण्डलले छोङ्गछिङ्ग शहरहँुँदै उलुङ जिल्लामा रहेको भेडा गाउँस्थित दुर्गममा रहेकास्थानीय वासिन्दाबाट सञ्चालित हामेस्टे समेतको निरीक्षण गरेको थियो ।

उक्त भेडा गाउँका वासिन्दाले सञ्चालन गरेको होमस्टेले त्यस क्षेत्रका मानिसहरुको आर्थिक उन्नतीमा उल्लेखनीय प्रगति भएको सो गाउँका मुखिया छाङ्गले बताए । २००१ बाट चिनले विकास निर्माणलाई अग्रगतिमा पछ्याउँदै हिँडेका कारण चीन आज विकसित मुलुक बन्ने दौडमा तीब्र रुपमा अघि बढिरहेको छ । चीन अहिले अभूतपूर्व रुपमा सामाजिक तथा आर्थिक विकास गर्न सफल भएको मानिन्छ । त्यसैले विकास हेर्न चीन जानुपर्छ भन्ने उखान धेरै नेपालीको मुखबाट आउने गरेको पाइन्छ । बेइजिङ सहर मात्र नभएर अन्य सहरहरुको विकास हेर्दा लाग्छ कतै जादू त होइन भन्ने भान हुन्छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ भाद्र ११, ०८: ५१

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ भाद्र ११, ०८: ५१

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ भाद्र ११, ०८: ५१

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...