फेरी पोखरामा किशोरीको हत्या, बलात्कारपछि हत्या भएको आशंका – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

फेरी पोखरामा किशोरीको हत्या, बलात्कारपछि हत्या भएको आशंका

पोखरा । विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा लामाचौरकी एक वालिकाको शव पोखरा महानगरपालिकामा भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको हो ।

पुष्पाको बलात्कार पछि हत्या भएको आशंका स्थानीयले गरेका छन् । उनीहरुका अनुसार मृतकको लगाएको स्कर्ट शव भएको स्थान भन्दा ३ र ४ हात पर भेटिएको छ । घटना स्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयबासीको दाबी छ । यद्यपि प्रहरीले भने अहिले केहि भन्न नसकिने बताएको छ ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिएको बताए । उनले भने, ‘अहिले नै हत्या वा लडेर मृत्यु के भएको हो यसै भन्न सकिन्न । हामी अनुसन्धान गरिरहेका छौं । पोष्टमार्टम रिपोर्ट आएपछि थप खुल्नसक्छ ।’
पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत थिइन । बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी थिइन । घरमा पुग्न करीब एक सय मिटर तल आएपछि ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै बसबाट ओर्लेकी थिइन । परिवारले साथीसँग गइहोली भनेर वास्ता गरेनन ।

तर, शुक्रबार पनि उनी स्कुल नआएपछि सोधिखोजी शुरु गरेको थियो । खोज्दै जाँदा झाडीमा शव भेटिएको थियो । पुष्पाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सुरुमा आफन्तले पोष्टमार्टम नै गर्न मानेका थिएनन् । घर भन्दा अगाडि नै बसले किन झर्न दिएको हो ? भन्दै घटनाको जिम्मा विद्यालयले लिनुपर्ने शर्त राखेका थिए तर, अनुसन्धानमा सघाउन परिवार तयार भएपछि पोष्टमार्टम प्रक्रिया शुरु भएको हो । पुष्पाका बुबा नृतेन्द्र नेपाल प्रहरीका भूतपूव हवल्दार हुन, जो गण्डकी बोर्डिङ स्कुल लामाचौरमा सुरक्षा गार्डका रुपमा कार्यरत छन् ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ भाद्र ११, ०८: ५२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७५ भाद्र ११, ०८: ५२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७५ भाद्र ११, ०८: ५२

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...