सर्वोच्चका न्यायाधीशद्वारा हिँजो र आज इजलास बहिस्कार गर्दा मुद्धा प्रभावित – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

सर्वोच्चका न्यायाधीशद्वारा हिँजो र आज इजलास बहिस्कार गर्दा मुद्धा प्रभावित


काठमाडौ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिबादित भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले राजिनामा माग्दै इजलास बहिस्कार गर्दा धेरै मुद्धा प्रभावित भएका छन्।


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार तोकेको कुनै पनि इजलासमा न्यायाधीशहरु बसेनन भने मंगलबार पनि ७ वटा संयुक्त र एउटा एकल इजलास तोके पनि कुनै इजलासमा मुद्दा सुनुवाइ भएन। मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोेच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरिरहेका छन्।


प्रधानन्यायाधीश जबराले भने आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने बताइसकेका छन्। त्यसपछि न्यायाधीशहरु पुनः छलफलमा बसे पनि अझै निष्कर्ष आएको छैन। सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीशबाहेक १५ न्यायाधीश उपस्थित थिए। उनीहरुले बुधबार पनि साढे ११ बजे छलफलमा बस्ने जनाएका छन्।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०७८ कार्तिक ९, १६: २४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७८ कार्तिक ९, १६: २४

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०७८ कार्तिक ९, १६: २४

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...