काठमाडौं । कन्चनपुरको भीमदत्त नगरपालिकामा भएको बलात्कारपछिको हत्या जस्तो बिषयलाई सामान्य ढंगले लिने र त्यसलाई राजनीतिक रंग दिने गरी अभिब्यक्ति दिने र क्रियाकलाप गर्नेहरु यतिवेला बिबादमा तानिएका छन् ।
बलात्कारपछिको हत्या जस्तो जघन्य अपराधको अनुसन्धानमा ढिलाई र लापरवाही हुनुको घटनाले सबैभन्दा नैतिक दबाब गृहमन्त्री रामबहादुर थापा बादल र आइजीपी सर्वेन्द्र खनालमाथि परेको छ । जघन्य प्रकृतिको सो घटनाको बिषयमा दोषीलाई कारबाही गर्न स्थानीय बासिन्दाले मात्र होइन, संघीय संसद र प्रदेश सभामा पनि आवाज उठेको थियो ।
तर यस क्रममा गृहमन्त्री बादलले प्रतिनिधिसभामा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै निर्मला पन्त हत्याको घटनामा प्रहरीले केन्द्रबाटै अनुसन्धान टोली बनाएर पठाएको, स्थानीय प्रहरी प्रशासनलाई अनुसन्धान चाँडो गर्न भनेको दुई जना शंकास्पदलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताएका थिए । तर गृहमन्त्री बादलको सो अभिव्यक्ति मिथ्या सावित भएको छ ।
भदौ ४ गते अघि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेका व्यक्ति को थिए ? उनीहरु नियन्त्रणमै छन वा छैनन ? नियन्त्रणमा छन भने नाम किन सार्वजनिक गर्न सकेन र नियन्त्रणमा छैनन भने को निर्दोश देखिएर हो ? भन्ने गम्भिर प्रश्न खडा भएको छ ।
गृहमन्त्री बादलले अनुसन्धान प्रकृयालाई एक महिनासम्ममा पनि निष्कर्षमा पुर्याउन नसक्ने एसपी बिष्टलाई सोधपुछ समेत नगरेको तर जव उनले गोली हानेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकालाई घाइते बनाउन थाले अनि मात्र सरुवा किन गरे ? उनलाई शनिबार भएको नेकपाको बैठकले निर्देशनपछि मात्र किन निलम्बन गरियो ?
सो घटनाको बिषयमा प्रहरीले गरेको फितलो अनुसन्धान, चरम लापरवाही र कञ्चनपुरकै स्थानीय वासिन्दा भएका डिल्लीराज बिष्टलाई सोही जिल्लाको नेतृत्व सुम्पेर प्रहरी व्यवस्थापनको सामान्य सिद्धान्त र निर्देशनलाई उलंघन गरेको घटनाबाट नैतिक रुपमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालमाथि पनि प्रश्न उठेको छ ।
यत्रा जघन्य घटना हुँदा प्रहरीमाथि जघन्य आरोप लगाउँदा पनि प्रहरीको नेतृत्व चुपचाप लाग्नुको पछि राजनीतिक वा सरकारको दबाब उनीमाथि त छैन भनेर प्रश्न उठेको छ । बलात्कार र हत्या त के गुण्डागर्दी, डन र म्याचफिक्सिङमा समेत कडा रुपमा प्रस्तुत हुने महानिरिक्षक खनालको त्यो क्षमता, कार्यकुसलता र स्वभिमानमाथि कञ्चनपुर घटनाले हिलो छ्यापेको प्रहरीका पूर्व महानिरिक्षकहरुले समेत प्रतिक्रिया दिन थालेका छन् ।
कञ्चनपुर घटनाका अर्का बिबादित व्यक्ति हुन, नेकपाका नेता तथा एमालेका पूर्वउपाध्यक्ष भिम रावल । उनले कञ्चनपुरको बलात्कारपछिको हत्याको जघन्य घटनालाई सामान्यीकरण गर्दै प्रहरीले अनुसन्धान गरिरहेको र त्यसमा कांग्रेसका केहि व्यक्तिले घटनालाई बढाई चढाए गरेको भनेर आमसञ्चारको माध्यममार्फत अभिव्यक्ति दिए । उनको अभिव्यक्तिले जघन्य घटनालाई समेत राजनीतिक रंग दिएपछि कञ्चनपुरका स्थानीयहरुले बलात्कार र हत्यालाई राजनीतिको आडमा संरक्षण गर्न खोजेको भनी आलोचना गरेका छन् ।
रावलले प्रदर्शन गर्नु ठीक होइन,यसले अनुसन्धानलाई बाधा गरेको भन्दै अभिव्यक्ति दिएर एसपी डिल्लिराज बिष्टको संरक्षण गरेको आरोप लागेको छ । कञ्चनपुरमा नेता रावलको बिरुद्ध प्रदर्शन नै भएको थियो । पछि रावलले कञ्चनपुरमा प्रहरीले बल प्रयोग गरेर दुर्घटना निम्त्याएको, दमन गरेको भन्दै नयाँ एसपी कुवेरसिंह कडायतप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी ओलीसँग गुनासो गरेका थिए ।
सो घटनाका बिबादस्पद पात्र हुन, निलम्बित एसपी डिल्लिराज बिष्ट ।
उनी कञ्चनपुरका स्थायी वासिन्दा पनि हुन् । राजनीतिक पूर्वाग्हको आधारमा एसपी बिष्टले व्यवहार प्रदर्शन गर्ने गरेको स्थानीयको पहिलेदेखिकै गुनासो थियो । उनी महिलाको सम्वन्धनमा पनि कमजोरी प्रदशर्न गरेर बिबादमा तानिएका प्रहरी अधिकृत भएको उनकै सहपाठीहरु बताउँछन् । उनका छोराको व्यवहार गतिविधि समेत राम्रो नभएको स्थानीयहरुको आशंका छ । अर्का डीएसपी ज्ञानबहादुर सेटीले एसपी बिष्टलाई पूर्ण रुपमा साथ दिएको र प्रहरी निरिक्षक एकेन्द्र खड्काले दोषीमाथि मुद्धा चलाउने नभए मानसिक सन्तुलन ठिक नभएको लिपसिंह बिष्टबिरुद्ध मुद्धा दायर गर्ने प्रपञ्च गरेका थिए ।
सो घटनामा नाम जोडिएका भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट हुन् । उनका भजितालाई समेत घटनाका शंकास्पद भनेर स्थानीयले प्रदर्शन गर्दा प्रहरीले मात्र होइन, उनी पनि चुपचाप बसेका थिए । प्रहरीको गोली लागी एकको निधन र दर्जनौं घाईते भए पछि मात्र मेयर विष्टले मुख खोलेका छन् । उनले आफू मेयरजस्तो व्यक्ति भएकोले हत्या र बलात्कारको बिरोधमा प्रदर्शनमा हिंड्न नमिल्ने प्रतिक्रिया दिएको थिए । प्रदर्शन उत्तेजित हुँदै जव उनलाई लक्षित हुन थाल्यो अनि बल्ला उनी बोल्न थाले ।
शनिबार मात्र मेयर बिष्टले निर्मला पन्त बलात्कार र हत्या जस्तो जघन्य अपराधको घटनामा आफन्त जो परेपनि अनुसन्धान गर्न अग्रह गर्दै आफू पनि दोषी पत्ता लगाउनु पर्छ भन्ने पक्षमा रहेको बताएका छन् । घटनामा भएको करिब एक महिनापछि आएर मेयर बिष्टले आफू नगर प्रमुख भए पनि गोली चलाउँदा प्रहरीले आफ्नो अनुमति नलिएको र सामान्य जानकारी समेत नदिएको भनेर बचाउ गरेका छन् । उनले स्थानीय निकायसँग प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यलय तथा प्रमुख जिल्ला अधिकारीले समेत समन्वय नगरेको भनी घटनाबाट पन्छिन् खोजेका छन् ।
संसदमा विशेष समय लिएर बोल्दै नेकपाकी सांसद शशि श्रेष्ठले कञ्चनपुरको घटना वर्तमान सरकारलाई बद्नाम गराउन भएको बताएकी थिइन् । उनले कञ्चनपुर लगायतका स्थानमा भएको बलात्कारको घटना परिवर्तन बिरोधी र सरकारबिरोधीको षडयन्त्र हुन सक्ने भनेकी थिइन् तर स्थानीयहरुले सरकार बिरोधीहरुले सो घटना गराएका हुन भने दोषीलाई कारबाही किन नगरेको भनी प्रश्न गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...