प्रधानन्यायाधीश राणाकाे राजीनामा माग गर्दै कालाेपट्टी बाँधेर विराेध प्रदर्शन(भिडियाे सहित) – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

प्रधानन्यायाधीश राणाकाे राजीनामा माग गर्दै कालाेपट्टी बाँधेर विराेध प्रदर्शन(भिडियाे सहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । आइतबार नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन ।

प्रदर्शनका क्रममा कानून व्यवसायीहरुले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देऊ भन्ने ब्यानरसहित विरोध गरेका थिए । नेपाल बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणबद्धरुपमा विरोध कार्यक्रम सुरु गरेको हो ।

विरोध प्रदर्शनमा नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नै पहिलो बिन्दु रहेको भन्दै प्रधानन्यायाधीशले राजीनामा दिएपछि मात्रै न्यायपालिकाले स्वतन्त्र भएर काम गर्न पाउने बताए । न्यायपालिका भित्र विकृति, विसंगति र भ्रष्टाचार हुन नदिनको लागि बाधक तत्वहरुको विरुद्धमा लागि पर्ने उनको भनाई थियो । न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष बनाउन र विकृति, विसंगतिरहीत बनाउन संविधान संसोधन र दलहरुसँग यस विषयमा परामर्श गरेर अगाडि बढ्ने बताए ।

त्यस्तै विरोध प्रदशनमा वरिष्ठ अधिवक्ता शम्भू थापाले व्यक्तिको लागि विरोध नभएर प्रवृत्तिमाथिको विरोध भएको बताए । न्यायपालिकाभित्र प्रधानन्यायाधीशको भूमिका ठीक नभएको भन्दै राजीनामा नदिएसम्म नेपाल बारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । अधिवक्ता थापाले अदालत बारभन्दा ठूलो नभएको भन्दै बारले नै राजीनामा माग्दा राजीनामा दिन्न भन्ने कुरा लज्जास्पद भएको बताए । कसैलाई पनि लोभ लालच दिएर उचालेको थाहा हुन आए आफुहरुलाई सह्य नहुने चेतावनी पनि उनले दिए ।

बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ । नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको अधिवक्ता स्वागत नेपालले बताए । अधिवक्ता नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथिति विरुद्ध आफूहरु सहमत भए पनि न्याय निरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताएका थिए ।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले कात्तिक १४, १५ र १६ गते कालोपट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

भिडियाे…

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक १४, १६: ३८

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ कार्तिक १४, १६: ३८

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ कार्तिक १४, १६: ३८

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...