काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर भयाेः प्रकाशमान सिंह – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर भयाेः प्रकाशमान सिंह

सिन्धुली । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने बताएका छन् । सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा नेता सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी कमजोर भएको बताएका हुन् । काँग्रेसलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको जिकिर गरे । देउवा र पौडेलजीको कारण आज सिंगो लोकतन्त्रको हस्ती नेपाली काँग्रेस चलायमान बन्न नसकेको आरोप उनले लगाए ।

नेता सिंहले नेतृत्व परिवर्तनका लागि आफु भिजन, मिसन र योजनाकासाथ मैदानमा प्रस्तुत भएको र यसमा सम्पूर्ण देशभक्त, लोकतन्त्रका अनुयायीहरु र काँग्रेसलाई चयानमान बनाउन चाहाने नेता तथा कार्यकर्ताले सहयोग गर्न अनुरोध गरे । आफूसँग काँग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेकोसमेत नेता सिंहले बताए ।

कार्यक्रममा बोल्दै नेता सिंहले कार्यक्रर्ताहरुलाई क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन आग्रह समेत गरे । कार्यकर्ता तथा नेताले पदको लोभ, पैसाको क्षणिक लाभ नगरि र देश र जनताको उज्यालो भविष्य हरेर राम्रो नेता चुनेर काँग्रेस र लोकतन्त्र बचाउन आग्रह गरे । उनले भने आज काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर भयो । काँग्रेस कमजोर हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटनको दुस्साहस गरेको उनले बताए ।

नेता सिंहले विगतमा कम्युनिस्टहरूले संविधान जारी गर्न नसकेपछि काँग्रेस नेतृत्वको सरकारले देशमा संविधान जारी गरेको स्मरण गराए । देशलाई अग्रगमनतिर लम्काउन नेपाली काँग्रेसको नेतृत्वमा महत्वपूर्ण र ऐतिहासिक कार्यहरु भएको बताए । देशलाई समृद्धिको बाटोमा लैजान आउने दिनहरुमा काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेकपा एमालेका नेता ओली हावादारी गफ र बमम्फुसे कुरा गर्नमा माहिर खेलाडी भएको उनको टिप्पणी छ । उनलाई हावादारी गफमा विश्वमा कसैले जित्न नसक्ने पनि सिंहले बताए । कम्युनिस्टहरुको लहलहैमा लाग्दा देशले अहिलेको समस्यामा झेल्नु परेको बताए ।

नेता सिंहले कम्युनिष्टहरुले राजनीतिक स्थायित्व दिन नसक्ने बताए । दुई तिहाई मत पाउँदा पनि ओली सरकार टिक्न नसक्नु यसको प्रमाण भएको बताए । ओली कम्युनिस्टको पालामा देशमा कम्युनिष्टहरु भित्रै भ्रष्टाचारको ग्राफ उच्चदरले बढेको बताए । उनले भने,‘भ्रष्टाचारमा प्रतिष्पर्धा गर्दा गर्दै ओली सरकार ढलेको हो ।’

आगामी निर्वाचनमा काँग्रेस पहिलो दल बन्छः नेता थापा

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचन काँग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने र पहिलो दल बन्ने कसैले रोक्न नसक्ने ठोकुवा गरे ।

नेता थापाले काँग्रसलाई पहिलो दल बनाउन १४औं महाधिवेशनको भोलिपल्टै चारतारे झण्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्ने बताए । विगतमा पनि काँग्रेसले गठबन्धनको प्रयास गरेपनि यसबाट सफलता हासिल नगरेको बताए । यसबाट सिक्दै अबका दिनमा काँग्रेस एक्लैले चुनाव लड्नुपर्ने बताए । उनले भने, ‘काङ्ग्रेसको स्वभाव नै एक्लै चुनाव लड्ने हो, कसैसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होईन ।’

नेता थापाले काँग्रस कार्यकर्ता तथा नेताहरुलाई काँग्रस एउटा विचार भएको महसुश नेपाली जनतालाई दिलाउने गरि काम गर्न आग्रह गरे । उनले थपे हामीले विगतमा ३१ लाख मत पायौं । पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ । अब हामी लगनशिल, विवेशील भएर जनताका काममा सहयोग तथा देशलाई समृद्धिकोबाटोमा लम्काउन लाग्यौं भने हामी अवश्य पनि पहिलो पार्टी बन्नेमा दुईमत नरहेको बताए ।

फरक प्रशंगमा नेता थापाले अदालत अहिले दंगा परेको टिप्पणी गरे । नेपाली काँग्रेस अदालतको विषयमा सही ठाउँमा उभिन सकेन र न्यायिक नेतृत्वमा आएको विचलनको विरुद्धमा कांग्रेस छ भन्ने अहिले बताएन भने ३० लाख मतदाताले काँग्रेस छोड्ने आशंका बक्त गरे ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ कार्तिक २२, १७: १८

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ कार्तिक २२, १७: १८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक २२, १७: १८

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...