निर्मला हत्याका दोषी पत्ता लगाउन महिलाहरुको विरोध ¥याली – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

निर्मला हत्याका दोषी पत्ता लगाउन महिलाहरुको विरोध ¥याली

काठमाडौं । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै हिजो आइतबार देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कानुनी कठघरामा उभ्याउन नसक्नु दुःखद् भएको भन्दै विरोध ¥यालीसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल महिला संघकी सभापति उमा रेग्मीले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाएकी छिन् ।

त्यसैले यो घट्नालाई सरकारले यतिकै डिसमिस हुने खतरा बढेकोले हामीले आईतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा व्यतिथिका विरुद्ध विरोध ¥याली गर्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख अधिकारीमार्पmत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल महिला संघले देशमा दिनादिनु बढ्दै गैरहेको अशान्ति, सुरक्षाको हनन् र मानव अधिकारको हनन्को विषयलाई लिएर वर्तमान सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आईरहेको छ ।

कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डपछि देशमा हरेक दिन कुनै न कुनै बहानामा महिलामाथि बलात्कार, हत्याहिंसा, अराजकता, दण्डहिनता र आकाशिंदो मुल्यवृद्धिको कारण आम नेपालीको जनजीवन कष्टकर बन्न पुगेको भन्दै नेपाल महिला संघले ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाएको हो । नेपाल महिला संघले विभिन्न नारासहित काठमाडौंको माइतीघर मण्डलाबाट विरोध ¥यालीसहित प्रदर्शन गरेको थियो ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७५ आश्विन ८, १०: २१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७५ आश्विन ८, १०: २१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७५ आश्विन ८, १०: २१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...