निर्मला हत्या प्रकरण रहस्यमयी, आशंकितको डिएनए टेष्ट मिलेन – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

निर्मला हत्या प्रकरण रहस्यमयी, आशंकितको डिएनए टेष्ट मिलेन

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या आशंकामा डिएनए टेस्ट गरिएका एसपी डिल्लीराज विष्टसहित तीनैजनाको रिपोट नेगेटिभ आएको छ ।

निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलत्कारीको शुक्रकिटसँग परीक्षण गरिएका ३ जनाको शुक्रकिट मेल नखाएको सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले आइतबार जानकारी दिएका हुन ।

डिएनए टेस्टको करिब १५ दिनपछि आएको रिपोर्टमा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको डिएनए मेल नखाएको भट्टले बताए ।

झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परीक्षणका लागि रगत लिएको थियो । केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको सिलबन्दी रिपोर्टलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझा सहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्ट सहितको उपस्थितिमा रिपोर्ट खोलिएको बताए ।

निर्मलाको पक्षमा आन्दोलित स्थानीयबासीले माग गरे बमोजिम कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट उनका छोरा किरण र अर्का युवक आयुषको डिएनए थप अनुसन्धानका लागि परीक्षण गरेको थियो । जिल्ला न्यायाधिवक्ता भट्टका अनुसार निर्मलाको डिएनए प्रोफाईल बनेको छ । जसले बलात्कार गरेको हो, त्यसको डिएनए म्याच हुनेछ ।

पक्राउ परेर सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ बर्षिय दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडूको समेत डिएनए रिपोर्ट मिलेको थिएन । यस अघि पक्राउ परेका दुई र बाँकी तीनै जनाको डिएनए रिपोर्ट नमिलेपछि अब निर्मलाका वास्तविक हत्यारा को हो ? भन्ने प्रश्न खडा भएको छ । यता स्थानीयले एसपी बिष्ट र उनको अनुसन्धान टोलीका इनेस्पेक्टर र दुई जना सईलाई नियन्त्रणमै राखेर अनुसन्धान नहुदा सम्म घटना बाहिर नआउने भन्दै आन्दोलन थालेका छन् ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ आश्विन १५, ०८: ०२

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ आश्विन १५, ०८: ०२

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ आश्विन १५, ०८: ०२

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...