सिंहदरबार गेटमा पञ्चायतकालकै झझल्को – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

सिंहदरबार गेटमा पञ्चायतकालकै झझल्को

आईजीपी फाल्न किन लागे सांसद ?

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार त्यसमा पनि कार्यालय समय शुरु हनै लाग्दा एक हुन मानिस दक्षिण गेटमा नारा जुलुस गरेको दृष्य गत बिहिबार देख्नु पर्दा धेरैले पञ्चायत कालको झझल्को अनुभव गर्न पुगे ।

सिंहदरबारको सुरक्षार्थ सरकारले सयौं सुरक्षाकर्मी परिचालन गरेको हुन्छ, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर तर असोज १८ गते यस्तो दृष्य देखिन पुग्यो कि पौने १० बजे सिंहदरबार छिर्ने सर्वसाधरण सेवाग्राहीदेखि कर्मचारी नै वाहिर रोकिए । त्यो पनि गृहमन्त्रीको राजिनामाको माग गर्दै । सुरक्षा संयन्त्र र सुरक्षाकर्मीको उपस्थिति देख्दा लाग्छ यहाँ संकटकाल लागिरहेको छ तर प्रहरी निरिह बनेको अवस्था जस्तो ।

दक्षिण गेटमै पुगेका डेड दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन सकेन र प्रदर्शनकारी दक्षिण गेटमै झुण्डिन पुगे । त्यो हालत देखेपछि गेटको सुरक्षार्थ खटिएका प्रहरी र सैनिकले दक्षिणतर्फको ठूलो गेट नै बन्द गर्न पुगे ।

दक्षिण गेट बन्द भएको केही समयपछि नै सत्तारुढ दलकी एक सांसद उनै प्रहरी महानिरिक्षकको राजिनामा माग्दै गृहमन्त्रीकोमा पुगिन । यो सबै दृष्य र समय हेर्दा नाटक जस्तो देखिएको छ । आखिर सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नविना लामा नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाने घटनालाई संयोग मात्र मान्न सकिन्न् ।

अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाउँदै खनाललाई बर्खास्त गर्न माग गरेका हुन् । उनीहरुले प्रहरी प्रमुख महानिरिक्षक सर्वेन्द्र खनालको राजिनामा माग्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाए पनि त्यो पत्र व्यक्तिगत हैसियतको भएको खुलेको छ ।

लामा तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियूकी अध्यक्ष हुन भने तामाङ तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । उनीहरुले जनताको जीउधनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन अक्षम रहेको भन्दै प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न ज्ञापनपत्रमा माग गरेका छन् ।

लामा र तामाङले आइजीपी खनालको राजिनामा माग्दै गृहमन्त्रीलाई गुहार्नुको पछि गृहमन्त्री बादलकै उक्साहट रहेको प्रहरी स्रोतको दाबी छ । तीन साताअघि काभ्रेका डन सत्यमान लामालाई छुटाउन महानगरिय अपराध महाशाखा पुगेकी लामालाई तत्कालिन डीआजीले धिरजप्रताप सिंहले हपारेर पठाएको चर्चा सार्वजनिक भएको थियो । सिंहले आफू त्यस्ता अपराधिलाई अदालतको आदेशबाहेक आइजीपीले भने पनि नमान्ने भनेर चुनौति दिए पछि लामा आइजीपी खनालकोमा पुगेकी थिइन् । आइजीपी खनालले पनि अदालतमा पेश भइसकेको मुद्धा भएकोले आफूले केही गर्न नसक्ने जवाफ दिएका थिए ।

यसरी आफ्नो गृह जिल्ला काभ्रेका डन लामालाई छुटाउनको लागि पहल गर्दा पनि नमानेको भन्दै नविना लामाले आफ्नो पहुँच र पावर प्रधानमन्त्रीसम्म भएकोले परिणाम देखाई दिने धम्की दिएकी थिइन् । अनेरास्ववियू र क्रान्तिकारीका महासचिवहरु दिपेश पुन र अर्का एक जनाले समेत लामा र तामाङले गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्र संगठनसँग सल्लाह नगरी बुझाएकोले त्यो संगठनको आधिकारिक धारणा नभएको बताउँदै आएका छन् ।

‘बलात्कार हत्याका घटना दिनहुँ भइरहनु, त्यस्ता घटनामा सरकार र त्यसका अंगहरूमाथि गम्भीर प्रश्नहरू उब्जिँदै जानु चिन्ताको विषय हो,’ ज्ञापन–पत्रमा उल्लेख छ । निर्मला पन्तको बलात्कारका अभियुक्तलाइ अझै पक्राउ गर्न नसक्नुको कारण प्रहरी नेतृत्व भएको आरोप लगाउँदै उनीहरुले राजिनामा मागेका छन् ।

सम्बन्धित समाचार

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ आश्विन २२, ११: १४

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ आश्विन २२, ११: १४

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
  • २०७५ आश्विन २२, ११: १४

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...