काठमाडांै । नेपाली काँग्रेसले कार्तिक १६ गते चियापानको आयोजना गर्ने भएको छ । सँधैझै वडादशैको कोजाग्रत पूर्णिमको दिन गर्दै आएको चियापानको आयोजना यस पटक काँग्रेस नेता चक्रप्रसाद वास्तोलाको निधनको कारण उक्त दिन चियापान नगरी कार्तिक १६ गते गर्न लागेको पार्टी कार्यालयले जनाएको छ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने बताइएको छ ।
विजया दशमी, दीपावली नेपाल सम्बत, छठ पर्व लगायतको शुभकामना आदानप्रदान तथा चियापानको आयोजना गरिने बताइएको छ । उक्त चियापान कार्यक्रममा राजनीतिक दलका प्रमुख नेता तथा कार्यकर्ता, कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, न्यायाधीश सरकारका उच्च पदस्थ कर्मचारी, प्रभुत्व व्यक्ति, वकिल, लेखक, पत्रकार लगायतलाई निम्ता गरिने बताइएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...