
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको सबै काम पूरा गर्नका लागि सबै खाका बनाउने जिम्मा पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई दिएका थिएका छन् ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा विहीबार बसेको सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै कामबारे गृहकार्य गर्न महासचिव पौडेल र सचिवालय सदस्य बादललाई जिम्मेवारी दिएको थियो । पार्टी एकताको काम टुंग्याउन पार्टीले यसअघि नै निर्माण गरेको कार्यदलको सिफारिसलाई आधार बनाएर निश्चित मापदण्डका आधारमा प्रदेश तथा जिल्ला कमिटी गठनको खाका तयार गर्ने जिम्मवारी दुई नेतालाई दिएको हो ।
दुवै नेतालाई नेकपाको जनवर्गीय संगठनको एकताको जिम्मेवारी समेत दिइएको छ । पहिले कार्यदलले दिएको सिफारिसका आधारमा प्रदेश, जिल्ला, विभाग, जनसंगठनहरूको एकताको खाका बनाउने बनाउने जिम्मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिएका हुन् ।
नेकपाले प्रदेश कमिटीको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव भने यसअघि नै तोकिसकेको छ । यसअघि आफ्नो अनुपस्थितीमा प्रदेश नेतृत्व तोकिएको प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित असहमति जनाएका थिए । अघिल्लो सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डले गम्भीर त्रुटि भएको र आगामी दिनमा नदोर्होयाउने प्रतिवद्धता जनाएपछि नोट अफ डिसेन्ट लेख्दै नेता नेपाल र प्रवक्ता श्रेष्ठले निर्णयमा सहमति जनाएका थिए ।
त्यसपछि सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयनका लागि प्रस्ताव तयार पार्न कार्यदल नै गठन गरेको हो । कार्यविभाजनको खाका बनाउने तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको पाँच महिना लामो समय भइसकेको छ । दुई पार्टी मिलेर नेकपा पुनर्गठन भएर केन्द्रीय कमिटी निर्माण भएपनि एकताले तल्लो तहमा मुर्त रूप लिन सकेको छैन । एकतापछि केन्द्रीय कमिटीमा परेका नेताहरूले पनि कुनै जिम्मेवारी पाउन सकेका छैनन् ।
यसले विशेषतः भुगोलमा पार्टी गतिविधि अगाडि बढाउन समस्या उत्पन्न गरिरहेको एमाले नेताहरुले गुनासो गर्न थालेका छन् । दुई नेताहरूले पार्टीको तेस्रो तहको कमिटी पोलिटब्युरोमा को को रहने भनेर खाका बनाउने छन् । त्यस्तै उनीहरूले जिल्ला इञ्चार्ज, जनवर्गीय संगठनको विभागीय प्रमुखहरूमा कसलाई जिम्मेवारी दिने भन्ने कुरा समेत खाका बनाउने जिम्मेवारी दिइएको छ ।
पार्टीको विभिन्न केन्द्रीय विभागहरूको विभागीय प्रमुखको समेत खाका बनाउने जिम्मेवारी नेकपा सचिवालयले यी दुई नेतालाई दिएको छ। दुई नेताले खाका तयार गरिसकेपछि नेकपाको सचिवालय बैठकमा उक्त खाका पेश हुनेछ । सचिवालयमा खाका पेश भएर त्यहाँबाट पास भइसकेपछि स्थायी समितिमा ती एजेन्डाका विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए।
पार्टी एकता र केन्द्रीय नेतृत्वको कार्यविभाजनको खाका तयार गरी नेता पौडेल र बादलले सचिवालय बैठकमा पेश गर्नेछन । सचिवालयमा छलफल भएपछि त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्नेछ । पार्टी एकता भएको पाँच महिना वितिसक्दा समेत केन्द्रीय समितिको बैठक एक पटकभन्दा बस्न सकेको छैन भने पोलिटब्युरो बैठक समेत तीन महिनादेखि हुन सकेको छैन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...