काठमाडौं । महिलामाथि यौन हिंसा गरेको आरोप खेपिरहेका ३ नम्वर प्रदेशका मन्त्री केशव स्थापितको पद धरापमा परेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा निर्माण मन्त्री केसव स्थापित दोषी प्रमाणित भए कार्वाही गर्ने जनाइ सकेका छन् ।
काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्थापित यौन हिंसाको आरोपमा मुछिएपछि मुख्यमन्त्री पौडेलले त्यसको छानबिन भइरहेको सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री पौडेलले सामाजिक संजालमा लागेका आरोपको आधारमा छानबिन हुँदै गरेकोले यथार्थ पत्ता लगाएपछि कारबाही हुने वताउँदै आएका छन् ।
उनले पुरानो घटना भए पनि सो बिषयमा बाहिर कुरा आए पछि मन्त्री स्थापितसंग कुराकानी हुन नपाएको बताए । मीटु अभियान सशक्त हुँदै जाँदा आफूहरुले भोगेका यौन हिंसाका घटना सामाजिक संजालबाट व्यक्त गरिँदै जाँदा मन्त्री स्थापित पनि मुछिएका हुन् ।
काठमाडौं महानगरको मेयर हुँदा केशव स्थापितले यौन प्रस्ताव गरेको र त्यस्तो प्रस्ताव अस्वीकार गर्दा जागिर नै गएको भन्दै रश्मिला प्रजापतीले मि टु मार्फत पुरानो घटना सार्वजनिक गरेका थिइन् । प्रदेशका मन्त्री स्थापितमाथि अर्की एक पत्रकार महिलाले समेत यस्तै यौन प्रस्ताव स्थापितले राखेको आरोप लगाउँदै आएकी छिन् । मी टु अभियानलाई पछ्याएर घटना उजागर गर्न कांग्रेस नेतृ डा. डीला संग्रौलाले समेत आव्हान गरिसकेकी छिन् । नेकपाका नेता समेत रहेका स्थापित काठमाडौंको मेयर हुँदा तत्कालिन नेकपा एमालेबाट अलग भई बामदेव गौतम र सीपी मैनालीले गठन गरेको नेकपा मालेमा लागेका थिए ।
शाही शासनको समयमा कठमाडौंको मेयरमा पुन मनोनित भएका स्थापित त्यपछि प्रजापरिषद पार्टीमा समेत लागेका थिए । २०६३ सालपछि नेकपामा माओवादीसँग निकट भएका स्थापित उपत्ययका विकास प्राधिकरणका आयुक्तमा समेत नियुक्त भएका थिए । २०७० सालतिर फेरि नेकपामा एमालेमा प्रवेश गरेका स्थापित राजनीतिमा अस्थिर व्यक्तिको रुपमा चिनिन्छन् ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...