राजनीतिमा अवसरबादीको नमुना स्थापित ः यसरी भए विस्थापित – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

राजनीतिमा अवसरबादीको नमुना स्थापित ः यसरी भए विस्थापित

काठमाडौं । नेपालको राजनीतिमा अवसरबादी राजनीतिक चरित्रको चरम नमुनामो रुपमा देखा परेका ३ नम्वर प्रदेश सभाका सदस्य केशब स्थापितले राजनीतिमा ओरालो लय पक्रन शुरु गरेका छन् । बहुदलिय प्रजातन्त्रदेखि शाही शासन हुँदै गणतन्त्रसम्म आइपुग्दा अनेकौं अवसर भोग गरिसकेका काठमाडौंका रैथानी केशव स्थापित अब करिव करिव राजनीतिको अवसानको मार्गमा झर्न थालेका छन् ।

आफूलाई परिवर्तनकारी र अग्रगामी भएको दाबी गरे पनि उनी नेपाली राजनीतिको िबकृति र विसंगति तथा भद्दा र असहिष्णु राजनीतिक कुसस्कारका पर्याय पनि हुन् । कम्युनिष्ट पार्टीको कार्यकर्ताको रुपमा राजनीतिबाट अवसर र शक्तिको सिँढी चढ्दै आएका स्थापित आफ्नो राजनीतिको सिँढी आफै भत्काउने पात्र पनि हुन् ।
हालका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको युवा संघ नेपालका संस्थापक महासचिव केशव स्थापित त्यहीँबाट राजनीतिक शक्तिमा उक्लिएका हुन् । उनले ओलीपछि यूवाको संघको नेतृत्व मात्र सम्हालेनन २०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर उठेर पराजयको स्वाद पनि चाख्न पाएका छन् ।

तर उनले अवसर पाउन भने फेरि पनि चुकेनन् । २०५१ सालमा नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा बनेको सरकारको समयमा राष्टिय खेलकुद परिषद्को सदस्य सचिव बनेका थिए । २०५४ सालमा स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा जितेपछि स्थापितले आफ्नो शक्ति र हैकम बढाउँदे लगेका छन् । २०५५ सालमा एमालेबाट अलग भएर नेकपा –माले) गठन हुँदा महत्वपूर्ण भूमिका खेलेका स्थापितले तत्कालिन उपमेयर बिदुर मैनालीलाई आफू बिदेश भ्रमणमा जाँदा कार्यबाहक मेयर नदिनको लागि मैनालीलाई काश्कीको लेखनाथ नगरपालिकाका सरुवा गरेर नेपालको इतिहासमै पहिलो काम गरे । जनप्रतिनिधिको सरुवा गर्ने उनी एक मात्र मेयर हुन् ।

एमालेबाट मालेमा प्रवेश गरेका स्थापितले माइतिघर मण्डलाको घर भत्काउने, रत्नपार्कका टहरा भत्काउने सोल्टीमोडदेखि कालिमाटी र गौशालादेखि कृष्णपाउरोटी चौकसम्मको बाटो चौडा बनाएर चर्चा र लोकप्रियता दुवै कमाएका थिए । स्थानीय तहको कार्यकाल समाप्त भएसँग छटपटीमा परेका स्थापित २०५९ साल आसोज १८ गतेको राजा ज्ञानेन्द्रको प्रतिगमनकारी कदमको पक्षमा र स्वागतमा उत्रिएका थिए ।

त्यसलगत्तै २०६० सालमा सूर्यबहादुर थापाको समयमा पुन काठमाडौंको मेयरमा नियुक्ति पाए । तत्कालिन नेकपा माओवादीको थ्रेटमा परेका स्थापित राजा ज्ञानेन्द्रको शाही शासनको समयमा नेपालको सबैभन्दा पुरानो दल प्रजापरिषद्को अध्यक्ष बनेर भित्तामा पार्टीको नाम र नारा लेख्दै चर्चामा आए । त्यसपछि आफूलाई तान्त्रिक बिद्या पनि आउने भन्दै हनुमानढोकास्थित कालभैरवसँग मध्यराति नाच देखाएको भन्न समेत भुलेनन् । कहिले ठमेललाई सेक्स टुरिजमको रुपमा बिकास गर्नु पर्ने धारणा राख्ने स्थापित २०६३ सालपछि शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको माओवादीसँगै आफू पनि प्रवेश गरे ।

डा. बाबुराभ भट्टराई प्रधानमन्त्री भएको समयमा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख भएका स्थापितले काम नगरेको तर गफ धेरै गरेको भन्दै सरकारले हटाई दिएका थियो । २०७० सालमा आएर आफूले एमाले नछोडेको भाषण गर्दै आएका स्थापितले काठमाडौं क्षेत्र नं ६ बाट टिकटको दाबी गरे । तर, एमाले नेता योगेस भट्टराईले सो क्षेत्रमा उम्मेदवारी दिएपछि स्थापितले संघीय समाजबादी पार्टीबाट उम्मेदवारी दिएर योगेसलाई हराउन भूमिका खेलेका थिए।

२०७४ सालको निर्वाचनमा समेत काठमाडौं ६ बाट एमालेबाट उम्मेदवार बन्ने आशा गरेका स्थापितले त्यो नपाएपछि प्रदेशको मुख्यमन्त्रीको दाबी गरेका थिए । त्यो पनि नभेटेपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिए प्रदेशको भौतिक पूर्वाधार मन्त्री बन्न सफल भएका थिए ।

कामठाडौंको मेयर हुँदा त्यहीँ कार्यरत अस्थायी कर्मचारी रस्मिला प्रजापतिसँग यौन हिंसा गरेको भन्दै आरोप खेपेका थिए । उनी ट्वीटरमार्फत महिला हिंसाबिरुद्ध थालिएको यौनहिसा बिरोधी अभियान मिटुको शिकार भएका थिए । उनी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकटका थिए । उनीमाथि मीटुको आरोपका बिषयमा मुख्य मन्त्री डोरमणी पौडेलले सोधीखोजी गर्दा अपमानित र अपशब्द बोलेको आरोप छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ कार्तिक १९, ०८: ४०

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ कार्तिक १९, ०८: ४०

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ कार्तिक १९, ०८: ४०

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...