राजपा बिबाद छताछुल्ल – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

राजपा बिबाद छताछुल्ल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै अन्य नेताहरूले ठाकुरविरुद्ध लागेका छन् । केही दिनअघि मात्र ४ महासचिव र २ सहमहासचिव ठाकुरले सुटुक्क नियुक्त गरेपछि बिबाद चुलिएको हो । ठाकुरले यसअघि बिबादस्पद व्यक्ति पूर्वकर्मचारी विनोद सिंहलाई सुटुक्क महासचिमा नियुक्त गरेका थिए । राजपामा यसअघि २८ जना महासचिव हुँदा हुँदै अरु ४ महासचिव थप्न आवश्यक नभएको पार्टीका नेताहरुले भन्दै आएका थिए ।

महाधिवेशनेको तिथि घोषणा भइसकेपछि पदाधिकारी थपिँदैन तर राजपामा महाधिवेशनेका तिथि घोषणा भएको पाँच महिनापछि पनि पदाधिकारी मनोनित गरिएको छ । ठाकुरले कसैसँग सरसल्लाह नगरी ४ जना महासचिव २ जना सहमहासचिव सबै ठाकुर निकट हुन् । प्रदेश दुइ सरकारको नीति आयोगमा पनि ठाकुरले आफू निकट व्यक्तिलाई मात्र मनोनित गरेको आरोप उनीमाथि लगाइएको छ । ठाकुरले आफू निकट डा. सुरेन्द्र झालाई नीति आयोगको सदस्यमा मनोनित गरेका थिए । उनले राजकुुमार लेखीलाई पनि नीति आयोगको सदस्यमा मनोनित गरेका छन् ।

ठाकुरले मनोनित गरेका ४ महासचिवहरू सिंह, जयप्रकाश ठाकुर, शशीकपुर मिया र पुरूषोत्तम झा यसअघि तराइ मधेश लोकतान्त्रिक पार्टीका नेता थिए । गत असोजको अन्तिम साता थपिएका २ सह महासचिव कुमारनाथ मिश्र र परेश्वर साह पनि तमलोपाको तत्कालिन नेता हुन् । ठाकुरले प्रदेश २ सरकरमा थपेका ३ राज्यमन्त्रीमध्ये अभिराम शर्मा र सुरेन्द्र मण्डल पनि यसअघि तमलोपामा आवद्ध थिए ।

स्रोतका अनुसार ठाकुरले पदाधिकारी थप्ने निर्णय गर्दा उनले आफूपछिका दोस्रो नेता राजेन्द्र महतोसँग समेत सल्लाह गरेका थिएनन् । ठाकुरले महासचिव र सहमहासचिवमा मनोनित गरेको जानकारी महतोले पछि मात्रै पाएका थिए । यसैैगरी राजपालाई कार्यलय भवन राख्न दिएका तत्कालीन मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष सिंहलाई पनि उनले सुटुक्क महासचिवमा मनोनित गरेका थिए ।

अब राजपामा महासचिवको सख्या अब ३२ पुगेको छ । यसअघि महामन्त्रीको संख्या ३१ थियो । चुनावको बेला तीन महामन्त्री वृज्रेशकुमार गुप्ता, जंगीलाल राय र विमल श्रीवास्तव राजपा छाडेर अन्य पार्टीमा प्रवेश गरेपछि महामन्त्रीको संख्या २८ बनेको थियो । सिंहसहित ४ व्यक्ति मनोनित भएपछि महासचिवको संख्या ३२ पुगेको हो । राजपामा उपाध्यक्षको संख्या २८ पुगेको छ । यसैगरी, सहमहासचिवको संख्या ३१ पुगेको छ । राजपामा पदाधिकारीको कुल संख्या १ सय ३४ पुगेको छ । राजपामा केन्द्रीय सदस्य मात्रै ८ सय १५ जना छन । महाधिवेशनपछि भने केन्द्रीय समितिको संख्या घटाउने तयारी राजपाले गरेको छ ।

सम्बन्धित समाचार

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ कार्तिक २७, ०७: ३८

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ कार्तिक २७, ०७: ३८

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
  • २०७५ कार्तिक २७, ०७: ३८

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...