पोखरामा अवैध हुण्डी कारोवारी सकृय – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

पोखरामा अवैध हुण्डी कारोवारी सकृय

कास्की । हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ परेको छ । कास्की पोखरा महानगरपालिका ८ स्थित लुम्बिनी मनिट्रान्सफरका सञ्चालक सोही महानगरपालिका ५ मालेपाटन बस्ने ५३ वर्षीय नेत्रलाल ज्ञवाली र मनिट्रान्सफरका कर्मचारी सोही महानगरपालिका २ बिन्दवासिनी बस्ने ३० वर्षीय प्रकाश थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त मनिट्रान्सफरमा अवैध तरीकाले हुन्डी कारोबार भएको भन्ने सूचना आएपश्चात ४ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूह पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न ब्यक्तिको नाममा हङकङबाट अबैध रुपमा आएको रकम १ लाख ५० हजार रुपैयाँ सहित कारोबारमा संलग्न दुवैजनालाई पक्राउ गरेको हो ।

पोखरामा बसेर अवैध हुण्डी कारोवार गर्ने गिरोहका गतिविधिले राज्यले पाउने कर त गुमायो नै संयौ युवाहरु समेत ठगिन पुगेका थिए । केहि महिना पहिला पोखराका केहि युवाहरु इन्टरनेटबाट प्राप्त सूचना र विज्ञापन मार्फत क्यानाडा छिर्ने योजना बमोजिम भारतको राजधानी दिल्ली पुगेका थिए । दिल्लीमा पुगेपछि युवाहरु भारतीय दलालको पञ्जामा बन्धक वनाइए । सशस्त्र समूहद्धारा बन्धक वनाइएका युवाहरुले आफ्नो परिवारबाट पैसा मगाए ।

आफूहरु क्यानडा पुगेर काममा लागेको भन्न लगाएर प्रतिव्यक्ति १६ लाख नेपाली रुपैया पठाउन लगाए । दलालले हुण्डी मार्फत रकम पठाउन अराए बमोजिम बन्धकमा परेका युवाहरुले हुण्डी गरेर दिल्लीमा पैसा पठाउन लगाए ।

पोखरा १६ वाटुलेचौरका केदार शर्मा लगायत ५ जनाले आफ्ना छोराहरुको सल्लाह वमोजिम पोखरा महानगर पालिका–८ सिर्जनाचोकको एक घरको कोठामा पुगेर हुण्डीवालालाई ८० लाख रुपैया वुझाए । प्रति व्यक्ति १६ लाख बुझाउँदा ५० हजार हुण्डी दस्तुर छुट्टै बुझाए । हुण्डीबाट रकम वुझेपछि युवाहरु बन्धक मुक्त भई रातारात ज्यान वचाएर नेपाल फर्किए ।

यो ठगि काण्डको मूख्य मतियार हुण्डिवाला रहेको स्पष्ट खुलेको छ । हुण्डीवाला पोखरामा वसेर आफ्नो धन्दा चलाइरहेको छ तर ठगिएका पोखराका युवाहरुले न न्याय पाए न अवैध हुण्डीवाला नै प्रहरीले समात्यो । एउटै समूहबाट असी लाख रुपैया ठगेको घटनाको वारेमा कास्की प्रहरीलाई जानकारी गराइएको छ तर पनि कास्की प्रहरी हुण्डी कारोवारीलाई पक्राउ गर्न ढिलाइ गरेको गुनासो सर्वत्त छाएको थियो ।

यूवाहरु ठगिएको घटनामा हुण्डीवालाको प्रत्यक्ष संलग्नता रहेको वारे कास्की प्रहरी प्रमुख एसपि ओमबहादुर रानालाई स्थानीयले ध्यानाकर्षण गराउँदा उनले कानूनी दायरामा ल्याउन भूमिका खेलेका थिए । घटना भएको चार महिना वितिसकेपछि मात्र कास्की प्रहरीले हुण्डी कारोवारीको वारेमा व्यापक सर्च अभियान चलाएको थियो ।

पोखरा महानगरपालिकाको मुख्य वजारमै अफिस खोलेर हुण्डि मार्फत करोडौं रुपैयाको कारोवार गर्ने गिरोह प्रहरीबाट कसरी जोगिन सकिएको होला भनेर ठगिएका युवाका आफन्तले गुनासो गर्दै आएका थिए ।

हुण्डीवाला गिरोहलाई पक्राउ गरेर कानूनी दायरामा नल्याउँदा राज्यले कर गुमाएको थियो भने सयौं युवाहरु ठगिने निश्चित थियो । यता कास्की प्रहरी प्रमुख एसपी ओम राना भने पीडितसँग हुण्डी विरुद्ध उजुरी दिन आग्रह गर्दै आइरहेका छन् तर पीडितहरु आफूलाई असुरक्षित महसुस गर्दै उजुरी दिन आनाकानी गर्दै आएकाछन् । हुण्डी कारोवार संगठित अपराध सँग जोडिएको विषय भएकोले पीडित पक्ष खुलेर प्रस्तुत हुन सकस मानिरहेको छ ।

चोर बाटोवाट कर छलेर गरिने रकम ओसार पसार कार्यले चेलिवेटी वेचविखन, लागू औषध कारोवार, सुन, हिरा मोती तस्करी र वैदेशिक रोजगारी ठगि, अपरहण फिरौती जस्ता संगठित अपराधका घटना हुने गरेको जानकारहरु वताउँछन् । विदेशवाट भित्रिने रेमिटेन्सको ठूलो हिस्सा हुण्डी मार्फत नै नेपाल भित्रिदा वार्षिक करोडौं कर राज्यले गुमाइरहेको छ ।

पर्यटकीय शहर पोखरा गण्डकी प्रदेशको राजधानी समेत रहेको ठाउँमा फस्टाई रहेको हुण्डी कारोवारीलाई निस्तेज पार्न विशेष निगरानी र सकृय पुलिसिङको आवश्यकता औल्याइएको छ ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ मंसिर ३, ०८: १२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७५ मंसिर ३, ०८: १२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७५ मंसिर ३, ०८: १२

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...