आन्दोलनमा भाग लिन पूर्व प्रहरीलाई आग्रह – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

आन्दोलनमा भाग लिन पूर्व प्रहरीलाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय समितिले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले फागुन ७ गतेदेखि सुरु गर्ने निर्णायक आन्दोलनमा भाग लिन पूर्वसुरक्षाकर्मीहरु तथा परिवारका सदस्यहरलाई आग्रह गरेका छ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषद केन्द्रीय कार्य समितिको सो बैठकले राष्ट्रपति निवास बढाउन काठमाडौं महाराजगञ्जमा भएको प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र सार्ने वर्तमान सरकारको निर्णय कार्यान्वयन नगर्ने पनि चेतावनी दिएको छ । उनीहरुले नेपाल र नेपालीको रक्षा गर्न प्रहरीको सपुत जन्माएको ७० बर्षभन्दा पुरानो भूमि इतिहास मेटाउने कार्य गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

परिषद्का अध्यक्ष हरिहर श्रेष्ठले जनता र देशको सुरक्षाको लागि देशभक्त जनताले समेत दिएको जग्गाको अवमुल्यन हुने र प्रहरीहरुको खुन पसिनाले बनाईको ठाउँको अपहेलना हुने बताएका छन् । परिषद् अधयक्ष श्रेष्ठले राजधानीको बीचमा भएर अपराध नियन्त्रण गर्न र अपराध नियन्त्रण गर्न प्रहरीलाई सिक्ने, सिकाउने मुख्य स्थान लगायतका विभिन्न कारणले उक्त प्रहरी संगठनको संरचनालाई यथास्थानमा कायम गराउन माग गरे ।

नेपाल प्रहरी संगठनको इतिहास मेटाउने कार्यको विरोधमा सहयोग गर्न समेत परिषद्ले सम्पूर्ण सुरक्षालाई माया गर्ने सुरक्षाकर्मी तथा आमनागरिकसँग अपिल समेत गरेका छन् । मन्त्रिपरिषद्को अघिल्लो साता बसेको बैठकले राष्टपति निवास परिषर बिस्तार गर्न प्रहरी प्रशिक्षण प्रतिष्ठान लिने र प्रहरी प्रतिष्ठानलाई काभ्रेमा सार्ने निर्णय गरेको थियो । तीन महिना अघि उपराष्टपतिको कार्यालयले समेत प्रहरी प्रशिक्षण प्रतिष्ठानको भौतिक संरचना उपराष्टपति कार्यालय बनाउन प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७५ मंसिर ३, ०८: १४

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७५ मंसिर ३, ०८: १४

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ मंसिर ३, ०८: १४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...