पोस्टर टाँस्ने पक्राउ – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

पोस्टर टाँस्ने पक्राउ

काठमाडौं । कञ्चनपुरमा हत्या भएकी १३ वर्षीया निर्मला पन्तको पोस्टर टाँस्ने १२ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा बलात्कारपछि हत्या भएकी निर्मलाको न्यायको माग गर्दैं पोस्टर टास्नेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार उनीहरुलाई माइतिघर मण्डला परिसरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुले सडकको पेटी तथा सडक छेउछाउका पोलमा पोस्टर टास्नुका साथै सरकार विरोधी नारा लगाउन थालेपछि प्रहरीले पक्राउ गरिएको लामाले बताए ।

पक्राउ परेका १२ जनालाई महानगरीय प्रहरी परिसर र सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । उनीहरुले पोस्टरमा ‘सरकार भेटियो र न्याय भेटिएन’ भन्ने नारासहित निर्मलाको तस्बिर भएको पोस्टर टाँसेका थिए । शुक्रबारदेखि राजधानीमा जारी एसिया प्रशान्त सम्मेलनको दौडानमा नेपालमा ४५ देशका १५ सय बढी पाहुना काठमाडौंमा आएका बेला सरकार विरोधी गतिविधि हुँदा गलत सन्देश जाने भन्दै गृहमन्त्रालयले दिएको आदेश अनुसार सरकार विरोधी गतिविधि गर्ने जो कोहीलाई प्रहरीले पक्राउ गर्नु पनि लामाले बताए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ मंसिर १७, ०८: ४२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ मंसिर १७, ०८: ४२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ मंसिर १७, ०८: ४२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...