काठमाडौं । नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानीका मिडीया हकहित तथा संरक्षण समितिले साना लगानीमा सञ्चालित स्वरोजगारमुलक सञ्चारमाध्यम प्रवद्र्धन गर्ने बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नुवाकोटको पर्यटकीय स्थल ककनीमा शनिबार सम्पन्न अन्तरक्रियामा सहभागीहरुले साना लगानीका सञ्चारमाध्यमको हकहित तथा प्रवद्र्धनमा तिनै तहका सरकार गम्भिर हुनुपर्ने धारणा राखेका छन् ।
साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक सो अन्तरक्रियामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले अबका युग सकारात्मक सन्देश प्रवाह गरी विकास र समृद्धिमा लाग्नुपर्ने युग भएकाले पत्रकारहरुलाई सकारात्मक समाचार लेख्न आग्रह गरे ।
प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री पंडितले एकादुई सञ्चारकर्मीको तर्फबाट गल्ती हुँदा नागरिकका तर्फबाट समग्र सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोण फरक पर्ने हुँदा सम्पुर्ण सञ्चारकर्मीहरुले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्ने धारणा राखे ।
उनले आफुले ग्रहण गरिसकेको समितिद्धारा पारित सात बुँदे ककनी प्रतिवद्धता पत्रलाई गम्भिरताका साथ लिएको बताँउदै यसमा उल्लेख भएका विषयलाई पुरा गराउन सरकारका तर्फबाट भरपुर प्रयत्न गरिने प्रतिवद्धता जनाए । मन्त्री पण्डितले समाज परिर्वतनमा पत्रकार तथा सञ्चामाध्यमको भूमिका महत्वपूर्ण रहेको प्रस्ट पार्दै त्यस्तालाई टिकाउन राज्यले केही न केही समन्वयकारी भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले यो भेलाबाट साना लगानीबाट सञ्चालित सञ्चामाध्यमहरुको पिरमर्का नजिकबाट बुझ्ने मौका मिलेको बताउँदै अबका दिनमा आफुले संसद लगायतका हरेक निकायमा यसका पक्षमा जोडदार ढंगले आवाज उठाउने प्रतिवद्धता जनाए ।
उनले आफ्नो जिम्मेवारी कानुन निर्माण र नमिलेका कानुन मिलाउने समेत परेको बताउँदै साना लगानीका सञ्चारमैत्री कानुन हरेक तहका सरकारले निर्माण गरी त्यस्ता सञ्चा्माध्यमहरुलाई बचाउनुपर्ने बताए । उनले स्वतन्त्र, वास्तविक तथा स्वावलम्बी पत्रकारहरुको संस्थाका रुपमा यो समितिले भूमिका निर्वाह गर्दै आएको आफुलाई महशुस भएको भन्दै साना लगानीका पत्रपत्रिकाहरुले व्यावसायिक एकरुपता कायम गर्न सक्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले नेपालका ठुला मिडियाहरु व्यापारी, तस्कर लगायतका अन्य व्यवसायीहरुका हातमा पुगेको बताउँदै साना मिडीयामैत्री नीति जारी गरिनुपर्ने बताए । मिडियामा केही कमी कमजोरी सच्चाउने तत्परता हामीमा पनि हुनुपर्ने बताउदै समानुपातिक विज्ञापन लागू नभएसम्म पत्रकार महासंघले नछाड्ने बताँउदै यसको लागि जस्तोसुकै धर्ना विरोधका कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उक्त समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले समाज परिवर्तनमा साना लगानीबाट सञ्चालित सञ्चारमाध्यमहरुले खेलेको भुमिकाको मूल्यांकन हुनुपर्ने बताए ।
स्थानीय तहमा सञ्चालित साना लगानीका सञ्चारमाध्यमहरुको अवस्था नाजुक रहेकाले यसको प्रवद्र्धनका लागि राज्यबाट विशेष पहल हुनुपर्ने बताए । लोककल्याणीका विज्ञापनको समेत बृद्धि गर्न अनुरोध गर्दै उहाँले समानुपातिक विज्ञापन लागू गर्न माग गरे । कार्यक्रममा समितिद्धारा परित सात बुँदे ककनी प्रतिवद्धता मन्त्री पंडितलाइ हस्तान्तरण गर्दै ककनी प्रतिवद्धता पत्र ऐतिहासिक हुने बताए ।
बुझाइएको प्रतिबद्धता पत्र लक्षित गर्दै कार्यक्रममा प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनीयनका उपाध्यक्ष बाला अधिकारी, मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराज, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुषाल, ककनी गाँउपाँलिका अध्यक्ष मानबहादुर लामा लगायतले उक्त प्रतिवद्धता पत्रमा ऐक्यवद्धता जनाएका थिए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रतिनिधीमुलक अग्रज पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले साना लगानीका सञ्चार माध्यमहरुले जुनसुकै सरकार आएपनि उपेक्षा गरेको बताए । प्रतिपक्षमा रहँदा सँधै सञ्चारमाध्यमको प्रबद्र्धन र विकासको कुरा गर्ने तर सरकारमा गईसकेपछि साना सञ्चारमाध्यम माथि कुदृष्टि लगाउने प्रथाको अन्त्य हुनुपर्ने बताए ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...