कांग्रेस महासमितिमा १७ सय प्रतिनिधि, एक करोड खर्च – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

कांग्रेस महासमितिमा १७ सय प्रतिनिधि, एक करोड खर्च

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु हुने महासमिति बैठकमा एक हजार छ सय प्रतिनिधि र पर्यवेक्षकले भाग लिएका छन् । महासमितिस्थल राजधानीको रामशाहपथस्थित एक पार्टी प्यालेसमा शुरु बैठकमा देशभरबाट आएका प्रत्येक प्रतिनिधिसँग प्रवेश शुल्क बापत एक हजार रुपैयाँ शुल्क उठाइएको छ ।

महासमिति बैठकमा पुरानो २ सय ४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले एक हजार दुई सय जना, भातृ तथा शुभेच्छुक संस्थाबाट ९७ जना र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ९७ जना प्रतिनिधि सहभागी छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति सदस्य नभएका २९ जिल्लाका सभापति २९ जना र राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्य भएका तर महासमिति सदस्य नभएका २६ जनालाई पर्यवेक्षकको रुपमा भाग लिन पाउने व्यवस्था भएको जनाए । गत बर्ष असोज ३० गते कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरमसहित प्रवेश गरेका विजयकुमार गच्दार नेतृत्वको पार्टीका तीन सय ५० जनालाई महासमिति प्रतिनिधि र पर्यवेक्षक बनाइएको छ ।

गच्छदारको माग बमोजिम पार्टीले निर्णय गर्न नसके पनि दुई सय जनालाई महासमिति सदस्य र एक सय ५० जनालाई पर्यवेक्षकको रुपमा महासमिति बैठकमा भाग लिने अवसर दिइएको छ । आइतबारसम्म पनि महासमिति बैठकमा पेश हुने विधान संशोधन मस्यौदा प्रतिवेदनलाई केन्द्रीय कार्य समितिले अझै पारित गर्न सकेको छैन् ।

महासमिति बैठकस्थलमा फ्री वाईफाई जोनको व्यवस्था, बैठकस्थल भित्र प्रवेश गर्ने र बाहिरिने छुट्टाछुट्टै गेटको व्यवस्था, बैठकस्थलमा पास भएको सवारीले मात्र प्रवेश पाउने, सभाहलभित्र दुई वटा प्रोजेक्टरमार्फत बन्द सत्रका गतिविधि प्रशारण गरिने व्यवस्था गरिएको छ । महासमितिमा भाग लिन आउने प्रत्येक सहभागिलाई विहानको खाजा, दिउँसोको खाना र दिउँसोको चियाको व्यवस्था गरिएको बैठक आयोजक समितिका संयोजक काठमाडौं जिल्ला सभापति सवुज बानियाँ (कृष्ण)ले बताए ।

प्रवक्ता शर्माका अनुसार महासमिति बैठकस्थलमा प्रत्येक बिहान ११ बजे र दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर बिषय र घटनाको बारेमा जानकारी दिने व्यवस्था गरेका छन् । महासमिति बैठकमा भाग लिने सदस्यहरुले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नाम दर्ता गरेका थिए ।
उद्घाटन सकिएकै दिन बन्द सत्र एक घण्टासम्म चलेको थियो । उद्घाटन सकिएपछि सात वटै प्रदेशका महासमितिबीच ग्रुप बनाएर छलफल गरिने भनिए पनि आइतबारबाट मात्र त्यस्तो अलग अलग बैठक बसेको थियो । आइतबार नै सामूहिक छलफल भएको थियो । पुस २ मा सामूहिक छलफल र ३ गते बैठकको निष्कर्ष वा घोषणा हुने भएको छ ।

एक करोड खर्च हुने
महासमिति बैठक अयोजना गर्नको लागि एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको कांग्रेस काठमाडौंका सभापति बानियाँले बताए । उनले महासमितिमा हुने खर्च पार्टीले बेहोर्ने भन्दै एक रुपैयाँ कसैसँग पनि चन्दा नलिएको जनाए । उनले प्रत्येक सहभागीबाट जनही एक हजार रुपैयाँ प्रवेश शुल्क बापत भने उठाइने बताए ।

छ वटा प्रतिवेदन पेश हुने
कांग्रेसको महासमिति बैठकमा ६ वटा प्रतिवेदन पेश हुने भएको छ । महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रतिवेदन लेखन समितिले राजनीतिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको संयोजत्वमा गठित समितिले पार्टी विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, महामन्त्री डा शशांक कोइरालाले सांगठानिक प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिले समग्र पार्टीको आर्थिक नीति सम्वन्धी प्रतिवेदन महासमिति बैठक स्थलमा पेश गर्ने छन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ पुष २, ०५: ४५

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ पुष २, ०५: ४५

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ पुष २, ०५: ४५

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...