काठमाडौं । काठमाडौं उपत्यका भित्र आफ्नो निजी घर भएर पनि केही सांसदहरुले घर भाडाबापत भन्दै संसद सचिवालयबाट रकम लिने गरेको खुलेको छ ।
यसरी आफ्नै घरमा बसेर पनि घरभाडा भन्दै सचिवालयबाट सुविधा लिनेमा सत्तारुढ दल नेकपाको संसदीय दलका उपनेता तथा संसदकै पूर्वसभामुख सुभासचन्द्र नेम्वाङ निकै चर्चामा छन् ।
त्यस्तै, सिँचाई, जलश्रोत तथा उर्जा मन्त्री बर्षमान पुनकी श्रीमती तथा संसदकी पूर्वसभामुख ओनसरी घर्ती मगर मन्त्री क्यावटरमा श्रीमान्सँगै बसेर पनि घरभाडा बापत रकम सुविधा लिइरहेकी छिन् । बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेतकी श्रीमती सत्या पहाडी श्रीमान् मन्त्रीज्यूसँगै मन्त्री क्वाटरमा बस्छिन् तर उनले भने घरभाडा लिएको जनाएको छ ।
सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्बमन्त्री पम्फा भूषाल, यूवा नेता योगेस भट्टराई, अनेरास्ववियूका पूर्वअध्यक्ष भएका सांसदत्रय, यज्ञबहादुर सुनुवार, रामकुमारी झाँक्री र नविना लामा तथा शहीद पत्नी गोमा देवकोटा, पार्वग गुरुङले राजधानीमा आफ्नो घर भए पनि सुविधा लिएका छन् ।
काठमाडौंकै रैथाने कांग्रेस सांसद् तथा पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान, लिटिल एन्जेल्सका सञ्चालक सांसद् उमेश श्रेष्ठ, कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वमन्त्री तथा सांसद डा. नारायण खड्का, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार साह, दीगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्ट, दिव्यमणी राजभण्डारी, रामबहादुर बिष्ट, निर्माण व्यवसायी समेत रहेका बहादुर सिंह लामा, किशोर सिंह राठौर, अमरेसकुमार सिंहले समेत काठमाडौमा घर भएर पनि घरभाडा बापत सुविधा बुझिएको बताइएको छ ।
राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको संयोजक भएका राजेन्द्र महतोका घर सिनामंगलमा छ तर उनले समेत घरभाडा बापतको सुविधा छोडेका छैनन् । सोही पार्टीको ससदीय दलको प्रमुख सचेतक लक्ष्मणलाल कर्ण, सांसदहरु सरिता गिरी, रामेश्वर राय यादव, कर्मा घले, स्वतन्त्र सांसद छक्कबहादुर लामा, नेकपाका सांसदहरु दलबहादुर राना, पार्वत गुरुङ, मोतीलाल दुगड विरोध खतिवडा र परशुराम मेघी गुरुङले समेत काठमाडौंमा घर भएर पनि घरभाडा बापतको सुविधा संसद सचिवालयबाट लिने गरेको कारण यो विषय अहिले चर्चाको शिखरमा पुगेको छ ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...