जिल्लिए काँग्रेस सभापतिहरु – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

जिल्लिए काँग्रेस सभापतिहरु

काठमाडौं । हेटौडा सम्मेलनदेखि ककनी बैठकसम्म कस्सिएका काँग्रेसका जिल्ला सभापतिहरु मंसिर २९ गतेदेखि पौष ८ गतेसम्म चलेको महासमितिको बैठकमा ७७ जिल्ला सभापतिहरुले उठाउँदै आएका विषयवस्तु विधानमा नसमेटिएपछि जिल्ला सभापतिहरु जिल्लिएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको १० दिनसम्म चलेको महासमिति बैठकले पास गरेको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि गम्भिर असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरुले गत असार ६ देखि ८ गतेसम्म हेटौंडामा भएको जिल्ला सभापतिहरुको भेलाले पारित गरेका घोषणालाई केन्द्रीय कार्य समितिले स्वीकार गरे पनि विधान संशोधनको मस्यौदा प्रतिवेदनमा नआएको भन्दै असन्तुष्टी जनाएका हुन् ।

नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले हेटौंडाको भेला र नुवाकोटको सभापतिहरुको भेलाले गरेका घोषणा र मागलाई विधान संशोधन प्रतिवेदनमा नसमेटिएको भन्दै उनले आपत्ति जनाए । जिल्ला सभपतिहरुले सम्पन्न महासमिति बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन पेश नभएसम्म छलफलमा भाग नलिने भन्दै सहमति गरेका थिए । त्यसैले शनिबारबाट बिधान संशोधन मस्यौदा समितिको प्रतिवेदन पेश भएपछि जिल्ला सभापतिहरु २० जनाले बोलेका थिए ।

महासमिति बैठकमा बोल्ने अधिकांस जिल्ला सभापतिहरुले समानुपातिक र समावेसिताको नाममा पार्टीको हरेक तह र पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति वा जनप्रतिनिधिको रुपमा स्थापित भएका नेताहरुलाई त्यस्तो समानुपातिकको अवसर एक पटक मात्र दिनु पर्ने माग गरेका छन् ।

उनीहरुले समावेसिताको नाममा एउटा बर्ग र जातको नाममा एक जना नेताले मात्र हालि मुहाली मच्चााएको भन्दै उनीहरले त्यस्तो बर्गको प्रतिनिधित्व एक ब्यक्तिको सुविधाको लागि मात्र नभएको बताएका छन् । सभापतिहरुले केन्द्रीय कार्य समितिका सभापति, केन्द्रीय सदस्यदेखि जिल्ला कार्य समितिका सबै सदस्य र पदाधिकारीहरु बुथ समितिबाटै निर्वाचित भएर आउनु पर्ने सर्तलाई अघि सारेका छन् ।

उनीहरुले संघीय, प्रदेश र जिल्ला संसदीय समिति –वोर्ड) हुनपर्ने भन्दै संघीय संसदीय समितिले प्रतिनिधिसभा, राष्ट्यि सभामा उम्मेदवार हुनेको, प्रदेशले प्रदेश सभाका सांसद र जिल्ला समन्वयन समितिको तथा जिल्ला संसदीय समितिमार्फत स्थानीय तहका उम्मेदवारको छनोट गर्ने अधिकार दिनु पर्ने माग गरेका छन् । उनीहरुले केन्द्रीय सभापति, पदाधिकारी र सदस्यहरुलाई बुथबाटै भोट हालेर जिताउँदा उनीहरुलाई अपनत्व फिल हुने र केन्द्रीय नेताहरुको समेत स्थानीय कार्यकर्ताप्रतिको जिम्मेवार बोध हुने बताएका छन् ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७५ पुष ९, ०७: १४

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७५ पुष ९, ०७: १४

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ पुष ९, ०७: १४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...