यसरी सहमति भएको थियो विधान प्रतिवेदन – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

यसरी सहमति भएको थियो विधान प्रतिवेदन

सभापति शेरबहादुर देउवापक्षधरले उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई, दुई जना हुने र प्रत्येकमा एक, एक जना र कोषाध्यक्ष तथा प्रवक्ता मनोनित गर्ने प्रस्ताव पहिले देखि नै प्रस्ताव गर्दै आएका थिए ।

उनले पदाधिकारीको सख्या कि त नबढाउने या त बढाएमा मनोनित ५० प्रतिशत गर्न पाउनु पर्ने भन्ने पक्षमा थिए । उनकै गुटका बालकृष्ण खाँड र भिष्मराज आंगदम्वेले उपसभपाति वा सहमहामन्त्री ७ जना बनाउने तर सबै क्लस्टर पनि राख्ने भनेर पहिलेदेखि नै बैकल्पिक धारणा अघि सारेका थिए । पहिले उनीहरुको प्रस्तावलाई सभापति देउवाले पनि खासै वास्ता गरेनन । तर पछि सहमति यसमै गर्नु परेको थियो ।

प्रवक्ता विश्वप्रकाश शर्मा भने सभापति एक, उपसभपाति दुई, महामन्त्री तीन र सहमहामन्त्री चार बनाउने र उपसभापति, महामन्त्री र सहमहामन्त्री एक, एक जना मनोनित र कोषाध्यक्ष मनोनित गर्नु पर्ने पक्षमा थिए । संस्थापनइत्तर पक्षका नेताहरु रामचन्द्र पौडेल, कोइराला परिवारका तीन सदस्य, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी पदाधिकारीको संख्या १४ देखि २१ सम्म पदाधिकारी बनाउनु पर्छ भन्ने पक्षमा थिए ।

१४ जना पदाधिकारी बनाउने र त्यसका लागि ७ जना महामन्त्रीलाई प्रदेश प्रमुखको समेत जिम्मेवारी दिने गरी विधानमा राख्न केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रस्ताव गरेका थिए । उनले पदाधिकारीका सबै पद निर्वाचित हुनु पर्ने अडान राखेका थिए ।

संस्थापनइत्तरकै अुर्जुननरसिंह केसीले सबै पदको पूर्ती निर्वाचनबाटै गर्नु पर्ने पक्षमा वकालत गरेका थिए । यसमा सिटौलाको मध्यमार्गी उपाय गत मंगलबार स्वीकृत भएको थियो । उनले कोषाध्यक्ष र प्रवक्ता जो सभापति आएपनि विश्वासिलो र आफ्नो अनुकुलको हुनै पर्ने प्रस्ताव राखेका थिए । अन्त्यमा जतिसुकै पदाधिकारी चयन भएपनि निर्वाचित नै हुनुपर्ने मनोनित गर्न नपाइने भनेर अडान लिएका अर्जुननरसिंह केसी व्याक भएका थिए ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७५ पुष ९, ०७: २७

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७५ पुष ९, ०७: २७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७५ पुष ९, ०७: २७

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...