महाधिवेशन नआउँदै चार नेताको आ–आफ्नै दाउ – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

महाधिवेशन नआउँदै चार नेताको आ–आफ्नै दाउ

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आइतबार सकिँदै गर्दा कांग्रेसका शीर्ष र प्रभावशाली नेताहरुले भने आगामी एक बर्षभित्रै हुने महाधिवेशनमा कसकोपल्ला भारी होला भनेर हिसाव किताव गर्न थालेका छन् ।

यसको लागि नेताहरुको आ आफ्नै दाउ र योजना रहेको पाइन्छ । देउवा पदाधिकारीमा मनोनित गर्न नपाएको घाटा केन्द्रीय कार्य समितिमा मनोनित गर्न पाउने २० प्रतिशतको सहमतिबाट फाइदा लिन चाहन्छन् ।

उनी गच्छदारको गनगन, प्रकाशशरण महतको कर्कस र निधिको बार्गेनिंग तथा अरु सबै पदाधिकरी र नेतासँगको असहिष्णु व्यवहारबाट आजित छन् । त्यसैले उनी नयाँ पुस्ताका पदाधिकरी हुन नपाएकाहरु सबैलाइ कोषाध्यक्ष, प्रवक्ता, संगठन विभागको प्रमुख र विदेश विभाग प्रमुखको आश्वासन र पछि सरकारमा राम्रो अवसर दिने भनेर आश्वासनवको भरमा पार्टी भित्र आफ्नो शक्तिलाई बृद्धि र सुरक्षीत गर्न चाहन्छन् ।

देउवा समूहले पनि आगामी बर्ष हुने महाधिवेशनमा उपसभापतिमा हालकै उपसभापतिहरु निधि र गच्छदारलाई उठाउन चाहन्छन भने महामन्त्रीमा प्रकाशशरण महत र विश्वप्रकाश, बालकृण्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्की रेसमा उत्रिएका छन् । सहमहामत्रीमा एनपी साउद र शर्मामध्ये एक जनालाई, प्रवक्तामा पुनः शर्मा र रमेश लेखकमध्ये एकलाई सम्भावित नेताको रुपमा अवसर दिन चाहन्छन् ।

पौडेलको दाउको दाउ भने कृष्णप्रसाद सिटौलालाई उपसभपातिमा मनाउने वा भावि प्रधानमन्त्री वा भावि संसदीय दलको नेतामा मनाउने वा उनको सिफारिसमा पदाधिकारी वा केन्द्रीय सदस्यहरुलाई ३३ प्रतिशत भाग दिने योजना र रणनीतिमा केन्द्रीत छन् । उपसभापतिमा सिटौला मान्ने पक्षमा देखिँदैनन । प्रकाशमान र शशांक वा सुजातामध्ये एकलाई उपसभापतिको उम्मेदवार बनाउने दाउ पौडेलको छ ।

महामन्त्रीमा डा. शेखर, डा. रामशरण महत र गगन थापामध्ये दुई उम्मेदवार बनाउने योजना महासमिति बैठकबाटै शुरु भएको छ । सहमहामन्त्रीमा रामशरण महत, डा. मिनेन्द्र रिजाल, महेश आचार्य र प्रदीप पौडेलमध्ये २ जना र कोषाध्यक्षमा नविन्द्रराज जोशी र नारायण खड्का र उमाकान्त चौधरीमध्ये २ जना उम्मेदवार बनाउने योजना पौडेलको रहेको छ ।

सिटौलाको दाउ भने आफै सभपातिमा उम्मेदवार बन्ने छ । उनले उपसभापति २ पद कोइराला र प्रकाशमानलाई दिने, दुई महामन्त्रीमध्ये एकमा कोइराला र अर्कोमा गगनलाई बनाउनु पर्ने पक्षमा छन् । उनले महामन्त्री आफ्नो समूहले नपाएमा कोषाध्यक्ष आफूलाई दिनु पर्ने पक्षमा छन् ।

उनी सभापतिमा पौडेलसँग आफ्नो प्रतिष्पर्धा भए पनि पहिलो चरणमा सभापतिका सम्भावित उम्मेदवार शेरबहादुर देउवाले ५० प्रतिशत मत नल्याउने भएकोले दोश्रो हुने आफू र पौडेलमध्ये दोश्रो हुनेलाई तेश्रो हुनेले सहयोग र समर्थन गर्नु पर्ने बैकल्पिक पक्षमा उभिएका छन् ।

कोइरालाहरुको दाउ पनि आफू अनुकूलको रहेको छ । कोइराला परिवारका सदस्यहरुमध्ये शेखर र शशांक एक जना सभपातिमा उठ्न चाहन्छन् । उनीहरु पौडेल र सिटौलाको प्रतिष्पर्धामा आफूहरु उपयुक्त उम्मेदवार भएको दाबी गर्ने पक्षमा छन् । नभए उनीहरु उपसभापतिमा उम्मेदवार हुने र संसदीय निर्वाचनपछि संसदीय दलको नेता वा पार्टीको कार्यबाहकमध्ये एक पाउनुपर्ने पक्षमा छन् ।

उनीहरुमध्ये शेखर महामन्त्रीमा उम्मेदवार हुने पक्कापक्की छ । उनीहरु सुजाता कोइरालालाई फेरि केन्द्रीय सदस्य जिताएर कोषाध्यक्ष बनाउने वा सरकारमा उपप्रधामन्त्री बनाउने वा फेरि बिदेश विभागमध्ये एक लिने पक्षमा छन् ।

सभापतिमा देउवालाई हराउन संस्थनइत्तरका नेताहरु एकजुट हुनैपर्ने निष्कर्षमा पौडेल, सिटौला र कोइरालाहरु पुगेका छन् । उनीहरुको अध्ययन अनुसार उपसभापतिमा प्रत्यक्षमा निधि र गच्छदारलाई सजिलै हराईने र महामन्त्रीमा गगन र शेखर उठाए मात्र देउवापक्षधर विश्वप्रकाश शर्मालाई हराउन सकिने आंकलन गरिएको छ । तर शर्मा महामन्त्रीमा उम्मेदवार भए फेरि गगनको उम्मेदवारी धरापमा पर्न सक्छ ।

देउवा पक्षले उपसभापति र एक महामन्त्रीमा आशा नगरे पनि सहमहामन्त्री ८ पदमा पाँच वटा आफ्नो हातमा आउने हिसाव आजैबाट शुरु गरेका छन् । उनीहरुले सभापतिमा पौडेल र सिटौलालाई भिँडाउने, उपसभापतिमा कोइराला, सिंह र अर्जुननरसिंह केसीलाई लडाउने, महामन्त्रीमा गगनसँग विश्वप्रकाश भिँडाउँने, गगनसँग रामशरण महतबीच प्रतिष्पर्धा गराउने पक्षमा छन् । सुजातालाई असन्तुष्ट भएपछि आफूतिर तान्ने ।

सहमहामन्त्रीमा मिनेन्द्र र महेश आचार्य, प्रदीप पौडेल र नारायण खड्कालाई भिडाउने र विवाद र असन्तुष्टी बढाउने वा एक, एक जनालाई आफूतिर तान्ने दाउमा देउवा रहेका छन् ।

कांग्रेस सभापति देउवाको कार्यकाल आगामी चैत १ देखि समाप्त हुँदैछ । विधानमा सभापतिको कार्यकाल ३ बर्षको हुन्छ । तर विशेष कारणबस एक बर्ष थप्न पाईन्छ । विधान बमोजिम गठन गर्नु पर्ने ४१ वटा विभाग र अन्य पाँच वटा समिति देउवाले गठन गरेका छैनन् । त्यसैले आगामी १४ औं महाधिवेशनको जोडघटाउनका लागि नेताहरुबीच पद हडप्ने दाउका कारण विधान संशोधन मस्यौदामा रस्साकस्सी चलेको हो ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ पुष ९, ०७: ३१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७५ पुष ९, ०७: ३१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७५ पुष ९, ०७: ३१

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...