काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय न्यायिक आयोगको औचित्यमाथि प्रस्न उठाएका छन् । संघीय संसदको ार्वजनिक लेखा समितिले गठन गरेको छानबिन उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाउने निर्णय गरेको थियो ।
यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको भन्ने आशंका उत्पन्न भएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा. शेखर कोइराला, धनराज गुरुङ,चन्द्र भण्डारी लगायतले सरकारको कडा आलोचना गरेका छन् ।
नेपाल राष्ट्रिय मगर संघले मोरङ्गको लेटाङ्गमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्याक्रममा देउवाले वाइडबडीमा भएको भ्रष्टाचारलाई छानविन कमिटी बनाएर सरकारले लुकाउन खोजेको भन्दै दोषीलाई बचाउन खोजेको हो कि भन्ने आशंका बढे्को जनाएका थिए । देउवाले कांग्रेसले विपक्षमा भएपनि वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्नेहरुलाई कुनै हालतमा नछाड्ने उनले बताए । देउवाको भनाइ थियो, ‘जोसुकै होस, हाम्रो पार्टीले छाड्ने छैन ।’
नेपाल प्रेस युनियनको जिल्ला अधिवेशन उद्घाटन गर्न खोरखा र पार्टी कार्यक्रममा दमौली पुगेका पार्टी वरिष्ठ नेता पौडेलले संसदीय समितिले आफ्नो अन्तिम निर्र्णय नदिँदै सरकारले अत्तालिएर न्यायिक समिति गठन गरेर संसदीय सर्वोच्चतालाई अपमान गरेको आरोप लगाए । उनले सरकारको छायाँ न्यायलय र व्यवस्थापिका संसदमा देखिन थालेको भन्दै त्यसका बिरद्ध कांग्रेसले सडक र सदनमा संघर्ष गर्ने वेला आएको जनाएका थिए ।
कांग्रेसका युवा नेता चन्द्र भण्डारीले राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भ्रष्टाचारी र हत्याका आरोपीलाई संरक्षण गर्ने काम बालुवाटारबाटै हुने थालेको आरोप लगाएका छन । उनले बेथिति र स्वेच्छारिताको मूल नै प्रधानमन्त्री निवास हुन थालेको भन्दै भ्रष्टाचारको रोग व्लड क्यानसर जस्तै जता ततै फैलिएकोले त्यसको अन्त्य गर्न सानो तिनो निर्णय र हिम्मतबाट सम्भव नहुने वताए ।
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेर वाईडबडी विमान खरिदमा भएको भ्रष्टाचारको छानबिनको प्रारम्भिक प्रतिवेदन दिना साथ हतारमा हात्तिएर सरकारले न्यायिक छानबिन समिति गठन गर्नुलाई ढाकछोप समितिको नाम दिएका छन् । उनले संसदले गरिरहेको काममा हस्तक्षेप गर्न र वाईडबडीका भ्रष्टलाई बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायिक समिति गठन गरेको आरोप लगाए ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले समेत ओली सरकार बिचौलिया, दलाल र भ्रष्टहरुको घेराबन्दी र चंगुलमा फसिसकेकोले यसबाट सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गर्न नसकिने दाबी गरेका छन् । कांग्रेसका नेताहरुले आफ्नै पार्टीका दुई पूर्वमन्त्री भ्रष्टाचारको आरोप लागेपनि कारबाहीको माग गरिरहेको छ भने सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली आफै भने उपसमितिको प्रतिवेदन अन्तिम होइन भन्दै त्यसलाई नमान्ने संकेत स्वरुप न्यायिक छानबिन समिति गठन गर्नमा लागेका छन् । प्रधानमन्त्री ओलीलको यो कदमको सर्वसाधरणदेखि पार्टी भित्रैबाट कडा आलोचना भइहरेको छ ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...