५३ केन्द्रीय पदाधिकारी र सदस्यले दिए राजिनामा – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

५३ केन्द्रीय पदाधिकारी र सदस्यले दिए राजिनामा

नेबिसंघका अध्यक्ष धर्मसंकटमा

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघका ५३ जना केन्द्रीय पदाधिकारी र सदस्यहरुले अध्यक्ष नैनसिंह महर असक्षम भएको भन्दै पदबाट राजिनामा दिएका छन् ।

नेविसंघको अध्यक्षमा २ बर्षका लागि २०७३ साल भदौ २ गतेदेखि नेतृत्व सम्हालेका महरले निर्धारित समयभन्दा पाँच महिना थप गर्दा समेत महाधिवेश गर्न नसकेपछि पार्टी संस्थापन पक्षधर आठ पदाधिकारी र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर २ पदाधिकारीसहित ४५ जनाले पदबाट राजिनामा दिएका हुन् ।

उनीहरुले पदबाट राजिनामा अध्यक्ष महरलाई नभएर पार्टी सभापति देउवा र बरिष्ठ नेता पौडेललाई बुझाएका छन् । गत भदौ २ गते नै म्याद सकिएको नेविसंघको कार्यकाल तीन महिना थप गरिएको थियो । तर थपिएको तीन महिनामा समेत जिल्ला अधिवेशन गर्न महर नेतृत्वको नेविसंघ असफल भए पछि गत मंसिरमा २ महिना थप गर्ने निर्णय पार्टी केन्द्रीय कार्य समितिले गरेको थियो ।

सभापति देउवा निकटका आठ पदाधिकारीले शुक्रबार सभपाति देउवाको निवास बुढानिलकण्ठमा गएर राजिनामा बुझाएका थिए । उनीहरुले महर नेतृत्वको नेविसंघबाट महाधिवेशन सम्भव नहुने भन्दै उनीहरुले तदर्थ समितिको माग गरेका थिए । ति पदाधिकारीले राजिनामा दिने समय र वातवरण भने सहमहामन्त्री डा. प्रकाशशरण महतले मिलाउन भएको बुझिएको छ ।

राजीनामा बुझाउनेहरुमा सभापति देउवाकै निकट रहेर अध्यक्ष नैनसिंह महरको समुहबाट चुनाव जीतेका उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन । महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे,अच्युत केसी, प्रेमराज जोशी र अम्विका चलाउनेले पनि राजीनामा दिएका छन् ।

राजीनामा बुझाउन नेविसंघ पदाधिकारीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । देउवा निकटका आठ र पौडेल निकटका २ पदाधिकरीसहित ५३ जनाको राजीनामाले नेविसंघ अध्यक्ष नैनसिंह महर थप अप्ठ्यारोमा परेका छन् । तोकिएको मितिमा अधिवेशन गर्न नसकिएपछि निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्तरुपमा राजीनामा बुझाएको उपसभापति पुष्पकुमार शाहीले बताए ।

भदौमा हुने भनिएको नेविसंघको महाधिवेशन आन्तरिक विवादका कारण हुन नसकेपछि पार्टीले थपिदिएको तीन महिनाको समयमा पनिमहाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो। महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको छ ।

राजिनामा दिन बुढानिलकण्ठ र बोहोराटार पुगेको बिद्यार्थी नेताहरुलाई सभपाति देउवा र नेता पौडेलको एउटै आश्वासन थियो कि माघ २ गते सकियोस अनि नयाँ निर्णय गरौंला । सभपाति देउवाले त मरहले आफै बुझेर राजिनामा दिनु पर्ने भनाइ राखेका थिए ।

उनले महरले आफै राजिनामा दिए थप निर्णय गर्न सजिलो हुने बताएका थिए । उनले पार्टीका पदाधिकारीसँग सल्लाह गरेर सहमतिमा निर्णय लिने र त्यस्तो निर्णय आगामी माघ १० गते बस्ने केन्द्रीय कार्य समिति बैठकले अनुमोदन गर्ने तयारी गर्ने बताएका थिए । नेता कृष्ण प्रसाद सिटौला निकटका केन्द्रीय सदस्य र पदाधिकारीहरुले भने कसैले पनि राजिनामा दिएका छैनन् ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ पुष ३०, ०८: ३८

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ पुष ३०, ०८: ३८

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ पुष ३०, ०८: ३८

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...