मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल को अध्यक्ष मण्डलको संयोजकमा महेन्द्र राययादव चयन भएका छन् । राजपा अध्यक्ष मण्डलको शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा भएको बैठकले अध्यक्ष मण्डलको संयोजकमा यादवलाई चयन गर्ने निर्णय गरेको थियो ।
उनले आईतबारदेखि अध्यक्ष मण्डलको संयोजकको भूमिकामा काम गर्ने भएका छन् । गतमंसिर ५ गतेको निर्णय अनुसार राजपा अध्यक्ष मण्डलको संयोजक भएका राजेन्द्र महतोले आइतबार संयोजकको जिम्मेवारी यादवलाई हस्तान्तरण गरेका हुन् ।
२०७४ साल बैशाख सात गते ६ मधेश केन्द्रीत दल मिलेर गठन भएको राजपाको अध्यक्ष मण्डलको संयोजकमहन्थ ठाकुर थिए ।
प्रत्येक दुई दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने सहमति भएपनि ठाकुरले करिव एक बर्ष सात महिनासम्म संयोजक भएर पार्टीको नेतृत्व गरेका थिए । तर उनले आफूखुसी महामन्त्री र सहमहामन्त्रीममाअन्य पार्टीका व्यक्तिलाई समेत मनोनित गर्न थालेपछि पार्टीभित्र बिबाद भएको थियो ।
ठाकुर तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष हुन भने महतो नेपाल सद्भावना पार्टीका अध्यक्षहुन् । महेन्द्र राययादव तत्कालिन तराई मेधश सद्भावना पार्टीका अध्यक्ष हुनभने अर्का अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष हुन । अर्का अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव फोरम गणतान्त्रिकका अध्यक्ष हुनभने अनिल झा तत्कालिन नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् ।
राजापाको पहिलो अधिवेशन आगामी बैशाख ६ देखि ८ सम्म हुने घोषणा गरिएको छ । संयोजक यादवले चैत ५ गतेसम्म राजपालाई नेतृत्व दिनेछन भने चैत ६ देखि जेठ ५ गतेसम्म शरत्सिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक बन्दैछन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...