
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ एकमहिने कार्यक्रमअन्तर्गत आज मीनभवनमा आयोजित कार्यक्रममा उनले जनताको राय र सुझावका आधारमा निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे पार्टीले निर्णय लिने बताएको हो ।
नेता सिंहले अहिलेको गठबन्धनको निर्माण कांग्रेसको रहर नभई बाध्यता भएको भन्दै संविधानलाई सही दिशामा लैजानका लागि सरकारले काम गर्ने बताए । आम नागरिकले सहजरूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन परेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले अमेरिकी सहयोग सम्झौता (एमसिसी)का बारेमा विभिन्न राजनीतिक दलले जनतामा भ्रम छर्ने काम गरेको भन्दै एमसीसीका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको उल्लेख गरे ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...