महँगीको मारमा प्रहरी र सैनिक जवानहरु – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

महँगीको मारमा प्रहरी र सैनिक जवानहरु

काठमाडौं । देशमा महङ्गी दिन दुईइ गुना रात चार गुना बढी रहेको छ । त्यसकै तुलनामा देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सुरक्षा अंगका तल्ला तहका प्रहरी र सैनिक जवानले २४ सै घण्टा पहरा दिने र गस्ती गरिरहेका हुन्छन् । तर सुन्दा पनि अचम्म लाग्छ तिनै २४ घण्टा अहोरात्र खट्ने प्रहरी र सेनाका जवानको मासिक तलव २४ हजार पनि छैन् ।

श्रम ऐनले एक श्रमिकलाई साप्ताहिक छ दिन आठ घण्टाको दरले मात्र काम लगाउन पाइन्छ भन्छ । त्यसमा पनि उनीहरुले अतिरिक्त समयमा काम गरेमा अतिरिक्त भत्ता पाउँछन तर नेपाली प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत तल्लो तहका जवानहरुको खटाई र २४ घण्टा भए पनि तलव र सुविधा भने मजदूरको भन्दा पनि कम छ ।

अझ काठमाडौ उपत्यका र मुलुकका अन्य शहरी क्षेत्रमा खटिएका यस्ता जवानले आफ्नो जीवन यापन नै गर्न कठीन भइरहेको बेला घर र परिवारको लागि खर्च धान्न सक्दैनन भन्ने प्रष्ट हुन्छ । हाल सहरी क्षेत्रमा एकजनालाई सामान्य जीवन यापन गर्न प्रतिव्यक्ति २५ हजार दुई सय लाग्छ । प्रतिव्यक्ति २५ हजारभन्दा बढी खर्च हुने हाम्रो सहरमा बसेका सेना, सशस्त्र र नेपाल प्रहरीको तलब हेर्ने हो भने उनीहरुको जीवन कति कष्टकर छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।

नेपाली सेनाका सिपाही, नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको तलब २१ हजार आठ सय २२ । धेरै समय काममा खट्नुपर्ने तल्लो दर्जाका सेना, सशस्त्र र प्रहरीका राष्ट्रसेवकहरू मासिक तलब यत्तिले मात्रै पुग्दैन भन्ने तिनै प्रहरी र सेनाका प्रमुखहरुलाई थाहा नभएको होइन ।

शिक्षा, स्वास्थ्य, यातायात र अन्य दैनिक खर्च धान्न कसरी सम्भव होला भन्ने अनुमान नै राज्यले गर्न सकिरहेको छैन । तल्लो तहका सेनाका सिपाही र सशस्त्र तथा नेपाल प्रहरीका जवानको मात्रै हैन, उच्च तहका सुरक्षा अधिकारीको हालत पनि खासै राम्रो देखिँदैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका निरीक्षकको मासिक तलब ३८ हजार ६ सय ३६ छ । नेपाली सेनाको सेनानीको तलब ४३ हजार तीन सय ४८ छ ।

करिव एक लाख नेपाली सेना, ७० हजार नेपाल प्रहरी र ४० हजारको संख्यामा रहेको सशस्त्र प्रहरीका तल्लो तहका जवानहरु आर्थिक अभाव र तलबकै कारण डिप्रेसनसहित विभिन्न किसिमका मानसिक अभावले चिढिएका छन् । जसका कारण ति निकायमा काम गरेको प्रमाणपत्रका आधारमा उनीहरू विदेशमा जागिर खान जाने प्रवृत्ति ह्वात्तै बढेको छ ।

नेपाली सुरक्षा निकायको बर्दी त्यागेर ढोके, पाले र अंगरक्षक भएर विदेश जाने बाध्यता त्यही तलबकै कारण भएको धेरैको ठम्याई छ । सुरक्षा निकायमा वर्षौं जागिर खाए पनि छोराछोरीलाई महँगो शुल्क तिरेर पढाउन नसक्ने अवस्था देखिएकै कारण सुरक्षकर्मीहरु यतिवेला कि त बाध्यता जागिर खान्छन वा त आकर्षक कमिसन आउने ठाउँमा जान्छन् ।

न्युन तलव सुविधाकै कारण धेरै नेपाली बेलायती सेना र भारतीय सेनामा भर्ना हुन नसकेपछि मात्रै नेपाली सेना र सशस्त्रमा जाने गर्छन । नेपाल प्रहरीमा जान खोज्नेहरू त भनसुन र पावरबाट मात्र जागिर खान पाइन्छ भन्ने मनोविज्ञान पालेर बसेका छन् ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिएर नाम र दाम कमाएको नेपाली सेनाका सैनिकहरूमा तलब सुविधाकै कारण वितृष्णा आउने गरेको छ । उनीहरु शान्ति मिसन गएर केही ५ देखि ६ लाख रुपैयाँ एक मुष्ट आर्जन हुने आशाले मात्र जागिर गाइरहेका हुन्छन् ।

जवानले आफ्नो जीवन यापन नै गर्न कठीन भइरहेको बेला घर र परिवारको लागि खर्च धान्न सक्दैनन भन्ने प्रष्ट हुन्छ । हाल सहरी क्षेत्रमा एकजनालाई सामान्य जीवन यापन गर्न प्रतिव्यक्ति २५ हजार दुई सय लाग्छ । प्रतिव्यक्ति २५ हजारभन्दा बढी खर्च हुने हाम्रो सहरमा बसेका सेना, सशस्त्र र नेपाल प्रहरीको तलब हेर्ने हो भने उनीहरुको जीवन कति कष्टकर छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।

नेपाली सेनाका सिपाही, नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको तलब २१ हजार आठ सय २२ । धेरै समय काममा खट्नुपर्ने तल्लो दर्जाका सेना, सशस्त्र र प्रहरीका राष्ट्रसेवकहरू मासिक तलब यत्तिले मात्रै पुग्दैन भन्ने तिनै प्रहरी र सेनाका प्रमुखहरुलाई थाहा नभएको होइन । शिक्षा, स्वास्थ्य, यातायात र अन्य दैनिक खर्च धान्न कसरी सम्भव होला भन्ने अनुमान नै राज्यले गर्न सकिरहेको छैन ।

तल्लो तहका सेनाका सिपाही र सशस्त्र तथा नेपाल प्रहरीका जवानको मात्रै हैन, उच्च तहका सुरक्षा अधिकारीको हालत पनि खासै राम्रो देखिँदैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका निरीक्षकको मासिक तलब ३८ हजार ६ सय ३६ छ । नेपाली सेनाको सेनानीको तलब ४३ हजार तीन सय ४८ छ ।

करिव एक लाख नेपाली सेना, ७० हजार नेपाल प्रहरी र ४० हजारको संख्यामा रहेको सशस्त्र प्रहरीका तल्लो तहका जवानहरु आर्थिक अभाव र तलबकै कारण डिप्रेसनसहित विभिन्न किसिमका मानसिक अभावले चिढिएका छन् । जसका कारण ति निकायमा काम गरेको प्रमाणपत्रका आधारमा उनीहरू विदेशमा जागिर खान जाने प्रवृत्ति ह्वात्तै बढेको छ ।

नेपाली सुरक्षा निकायको बर्दी त्यागेर ढोके, पाले र अंगरक्षक भएर विदेश जाने बाध्यता त्यही तलबकै कारण भएको धेरैको ठम्याई छ । सुरक्षा निकायमा वर्षौं जागिर खाए पनि छोराछोरीलाई महँगो शुल्क तिरेर पढाउन नसक्ने अवस्था देखिएकै कारण सुरक्षकर्मीहरु यतिवेला कि त बाध्यता जागिर खान्छन वा त आकर्षक कमिसन आउने ठाउँमा जान्छन् ।

न्युन तलव सुविधाकै कारण धेरै नेपाली बेलायती सेना र भारतीय सेनामा भर्ना हुन नसकेपछि मात्रै नेपाली सेना र सशस्त्रमा जाने गर्छन । नेपाल प्रहरीमा जान खोज्नेहरू त भनसुन र पावरबाट मात्र जागिर खान पाइन्छ भन्ने मनोविज्ञान पालेर बसेका छन् ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिएर नाम र दाम कमाएको नेपाली सेनाका सैनिकहरूमा तलब सुविधाकै कारण वितृष्णा आउने गरेको छ । उनीहरु शान्ति मिसन गएर केही ५ देखि ६ लाख रुपैयाँ एक मुष्ट आर्जन हुने आशाले मात्र जागिर गाइरहेका हुन्छन् ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७५ माघ १४, १०: ०७

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७५ माघ १४, १०: ०७

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ माघ १४, १०: ०७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...