केसीले आमरण अनसन नतोड्ने, डाक्टरहरु पनि सडकमा – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

केसीले आमरण अनसन नतोड्ने, डाक्टरहरु पनि सडकमा

काठमाडौ । सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरे पनि सो विधेयकको बिरोधमा अनसन बसेका डा. गोबिन्द केसीले अनशन जारी राख्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नेपाली नागरिकमाथि सुनियोजित धोका भएको बताएका छन् । डा. केसीले आफ्नो माग पुरा गराउन सरकारलाई दबाब दिन आह्वान गरेपछि आवासिय चिकित्सकहरुले आइतबारबाट आकस्मिकबाहेकको सेवा ठप्प समेत पारेका छन् ।

सरकारले सभामुख कृष्णबहादुर महरालाई उक्साएर संसदबाट चिकित्सा विधेयक पारित गराएको थियो । सो विधेयक पारित गराउन सभामुख महराले मर्यादापालकलाई सांसद बस्ने आसनको कुर्सीसम्म पुगेर छेकेका थिए । केसीसँग भएको सहमति कार्यान्वयन गर्नु पर्ने र पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालहरु खारेज गर्न नहुने माग राख्दै सदन अबरोध गरेको थियो ।

आफैले गरेको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट प्रधानमन्त्री ओली च्युत भएको केशीले आरोप लगाएका छन् । अनसनस्थलबाटै विज्ञप्ती जारी गरेर केसीले पन्ध्रौं सत्याग्रहका क्रममा सरकारले आफूसँग सम्झौता गरेकोले सोही सम्झौताअनुसार विधेयक संशोधन गरी पारित गर्न माग गरेका छन् । पुस २५ देखि केसीले इलाममा गएर आमरण अनसन बसेपछि सरकारले उनलाई हेलिकोप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएको थियो । डा केशीले सोह्रौं अनसन जारी राखेको १८ दिन भएको छ ।

विधेयक पारित हुने बेला सत्याग्रहको पक्षमा प्रदर्शन गरेका नागरिकलाई धरपकड र पक्राउ गरिएकोमा सकुशल रिहाइको माग गर्दै डा. केसीले आफ्नो अभियानमा सहभागी हुन खुला अपिल समेत गरेका छन् । डा.केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सकहरूले आन्दोलनलाई जारी राख्ने भएका छन् ।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सम्झौताविपरीत विधेयक पारित गरेर सरकारले झुक्याएको आरोप लगाए । डा. केसी अनशनरत शिक्षण अस्पताल प्रांगणमा आइतबार दिउँसो काठमाडौं उपत्यकाका अस्पतालका चिकित्सकलाई भेला भएका छन् । आवासीय चिकित्सकहरू आकस्मिक सेवाबाहेकका अन्य सेवामा आजबाट सहभागी भएका छैनन् ।

सरकारले डा. गोविन्द केसीसँग गरेको सहमति विपरित संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा माइतीघर मण्डलामा पनि दिनहुँ प्रदर्शन भइरहेका छन् । चिकित्सा शिक्षा विधेयक सहित ६ बुँदे माग राखेर १८ दिनदेखि डा केसी आमरण अनसनमा छन् । सहमति विपरितको विधेयक पारित गरेर संसदले पौने तीन करोड नेपालीलाई धोका दिएको भन्दै डा केसीले अनसन जारी राखेका छन् । डा. केसीको जीवन रक्षा र उहाको माग पुरा गर्न सोलिडारिटी फर डा. केसी एलायन्सले शनिबार पनि माइतीघरमा प्रदर्शन गरेको थियो ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७५ माघ १४, १०: १२

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७५ माघ १४, १०: १२

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ माघ १४, १०: १२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...