
नयाँ विकल्प,
काठमाडौं – निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न नपाइएने जनाएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने जानकारी दिएको छ ।
कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम कसैले पनि बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने पनि आयोगले जनाएको छ ।
राजनीतिक दलहरुबाट आफ्ना सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा वा यस्तै प्रकृतिका कार्यक्रम संचालन गर्दा राखिएका दलका झण्डा, चिन्ह वा अन्य प्रचार प्रसार सामग्री निर्वाचन आचारसंहिता विपरीत हुने कुनै कार्यहरू भै रहेको वा हुने भए निर्वाचन आचारसंहिता लागू भएको १२ घण्टाभित्र अनिवार्य हटाउने र स्थगन गर्नुपर्ने आयोगद्धारा जारी निर्देशनमा उल्लेख गरिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...