नेपाली काँग्रेसले आइतबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेर वीरगंजमा जननायक वीपी कोइरालाका नाममा वीपी उद्यान निर्माण गर्ने विगतको योजना र निर्माण वदर गर्ने दुष्प्रयासका सम्बन्धमा घोर आपक्ति जनाएको छ ।
काँग्रेसका स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाको नाममा रहेका दई अस्पताल नामेट गर्ने केन्द्रीय सरकारको प्रयासलाई असफल बनाएको स्मरण गराउँदै फेरी वी.पी कोइरालाको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्गा खरिद भइसकेको र प्रक्रिया अघि बढेको तथ्य नजरअन्दाज गरेर प्रदेश २ का मुख्यमन्त्रीले अर्कै नाममा पार्क निर्माण गर्न माघ १६ गते शिलान्यास गरेको घटनाप्रति काँग्रेसले दुःखद र घोर आपत्ती भएको जनाएको छ ।
गत माघ २४ गते केन्द्रीय समितिले गरेको निर्णय “वी.पी कोइरालाका नाममा वीरगंजमा गर्ने निश्चित भएको वी.पी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रमप्रति बैठकले गम्भीर आपत्त प्रकट गरेको छ । पूर्व निर्णयलाई तत्कालै यथास्थितिमै कायम राख्न र यथाशिघ्र वी.पी उद्यान निर्माण प्रक्रिया अघि बढाउन समेत नेपाली कांग्रेसले २ नं प्रदेश सरकारदेखि केन्द्रीय सरकारसम्मलाई आग्रह गरेको छ ।”
यदी सो आग्रह अस्वीकार गरेमा काँग्रेसले संसददेखि सडकसम्म तताउने चेतावनी दिएको छ । वी.पी. उद्यान निर्माणका लागि जग्गा खरिद गर्दा भएका १० बुंदे विवरण समेत सार्वजनिक गरेको छ । जसअनुसारः
तत्कालीन अवस्थमा नेपाल यातायात संस्थानले वीरगंजमा रहेको दश विगाहा जग्गा विक्री गर्न टेण्डर आव्हान गरेको, तर व्यक्तिले खरिद गर्ने निश्चित भएपछि, वीरगंज उपमहानगरपालिकाले त्यसमा प्रष्ट विमति जनाउँदै, उपप्रमुख अजय द्विवेदीको नेतृत्वमा नेपाली कांग्रेस, तत्कालिन नेकपा (एमाले), राप्रपा, सद्भावना लगायतका राजनैतिक दल एवं उद्योग वाणिज्य संघ वीरगंजको सहभागितामा वृहत प्रदर्शन समेत भएको हुँदा सोही समय नगर प्रमुख माधवलाल श्रेष्ठको नेतृत्वमा वीरगंजको प्रतिनिधि मण्डल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी समस्या समाधान गर्न पहल गरेको काँग्रेसले बताएको छ ।
त्यसैगरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विरगंजवासीको भावनाको कदर गर्दै उक्त जग्गा उपमहानगरपालिकाको हुने र वीरगंज वासीको भावना अनुरुप वी.पी उद्यान बनाउने घोषणा गर्न नगरपरिषद्को उद्घघाटन गर्न आफै गएर घोषणा समेत गरेको, ‘यातायात संस्थानको जग्गा उपमहानगरपालिकाले खरिद गरेकोले वी.पी उद्यान निर्माण गरिनेछ’ भनी बताएको छ ।
उक्त जगा नेपाल यातायात संस्थान र वीरगंज उपमहानगरपालिकाबीच दश करोड रुपैयामा दश विगाहा जग्गा खरिद विक्रीको सम्झौता भएको हो, पहिलो किस्तामा पाँच करोड उपमहानगरपालिकाले यातायात संस्थानलाई वुझाएको, तत्कालीन नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख र उपप्रमुखले समेत बताउनु भएको प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा बताउनुभयो ।
०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवार विमल श्रीवास्वत नगर प्रमुखमा निर्वाचित भए पश्चात् यातायात संस्थानलाई तिर्न बाँकी रकम रुपैया पाँच करोड नगरपालिकाले चुक्ता गरेको, र जग्गा पास गर्ने कार्य बाँकी रहेको बताइएको छ ।
०५९ सालमा शाही कु पश्चात तत्कालिन राजा ज्ञानेन्द्रको नेतृत्वको सरकारले गोपाल गिरीलाई वीरगंज उपमहानगरपालिकाको प्रमुखमा नियुक्त गरिएको र राजाको निरंकुश सत्ताको उक्त समयमा पनि प्रमुख पदमा नियुक्त भएर शपथ ग्रहण लगत्तै गिरी पुगी सो जग्गामा चाँडैनै वी.पी उद्यानको नाममा जग्गा पास गरेर निर्णय प्रक्रिया अघि बढाउने उद्घघोष वी.पी उद्यानकै वोर्ड राखेर गरिएको तथ्य समेत सार्वजनिक गरिएको छ । ०६० कार्तिक २७ गते तत्कालीन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीले एक समारोहकाबीच वीरगंजमा वी.पी उद्यानको शिलान्यास गर्दा पनि जग्गा उपमहानगरपालिकाको नाममा नामसारी हुन बाँकी नै रहेको बताइएको छ ।
वी.पी उद्यान शिलान्यासको दुई महिनापछि वीरगंज उपमहानगरपालिकाको नाममा जग्गाको रजिष्ट्रेशन पास गरिएको, ०६० पुष २४ गते जारी धनि पुर्जामा समेत ‘मन्त्रीपरिषद्को ०६०÷७÷२७ को निर्णय बमोजिम उपमहानगरपालिकाले वेचविखन एवं हक हस्तान्तरण गर्न नपाउने गरी, वी.पी उद्यान वाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने निर्णय समेत भईसकेको प्रवक्ता शर्माले बताउनुभयो ।
तत्पश्चात वी.पी उद्यानका नाममा जग्गा नामसारी गर्ने प्रक्रियाको सकृय नेतृत्व गरेका तत्कालीन नगरप्रमुख गोपाल गिरीको रहस्यमय ढंगले हत्या भएको हुँदा वी.पी उद्यानको निर्माण प्रयोजनका लागि उपमहानगरपालिकाको नाममा जग्गा पास भएको जनाएको छ ।
वी.पी कोइरालाका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ सोही प्रयोजनका लागि जग्गा प्रबन्ध र सो जग्गा अन्य नाममा प्रयोग गर्न नमिल्ने प्रतिबन्धात्मक व्यवस्था भएको, वी.पी उद्यानकै नाममा शिलान्यास भइसकेको यावत तथ्य नजर अन्दाज गरेर अघि बढ्ने दुस्साहस गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएको छ । अतः तत्काल पुरानो निर्णय बमोजिमकै प्रक्रियामा अघि बढ्न तिनै तहको सरकारलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक सचेत गराएको बताएको छ ।
प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा “प्रश्न एउटा उद्यानको मात्रै होइन, प्रश्न नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रिय राजनीतिज्ञको नामको पनि हो तर प्रश्न उहाँको नामको मात्रै होइन मूल प्रश्न वर्तमान नेपाली राजनीतिमा बढ्दै गएको निषेधको प्रवृत्तिको पनि हो ।” यसरी नियतवश गरिएको वी.पी.को नामलाई अवहेलना गर्ने गम्भीर दुस्साहसलाई तत्काल सच्याउन कांग्रेसले आग्रह गरेको छ । अन्यथा नेपाली काँग्रेसले तत्कालै संसददेखि सडकसम्म कडा आन्दोलनको समेत चेतावनी दिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...