काठमाडौं । भेनेजुएलामा भएको राजनीतिक संकट र अमेरिकी हस्तक्षेपको विषयलाई लिएर भर्खरै एकता भएको नेकपामा विवाद देखिएको छ । भेनेजुएलामा देखिएको संकटका विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको हस्तक्षेप भएको भन्दै विज्ञप्ति निकालेका थिए । उनको विज्ञप्तिलाई नेकपाको सचिवालय बैठकले पनि अमेरिकाको हस्तक्षेप भएको ठहर गरेको थियो ।
अध्यक्ष प्रचण्ड र नेकपाको विज्ञप्तिले सिंगो राजनीति वृत्त नै तरंगित भएको थियो । प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि अमेरिकाको समर्थन गर्दै वक्तव्य दिएको थियो । प्रचण्ड र नेकपाको विज्ञप्तिलाई लिएर अमेरिका भने चिढिएको थियो । अनावश्यक विषयमा बोलेको भन्दै सरकार र प्रचण्डको आलोचना समेत भएको थियो ।
आलोचनापछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलील भने बचाउ गरे । ओलीले अर्का अध्यक्ष प्रचण्डको वक्तव्यमा शब्द चिप्लिएको भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल अमेरिका सम्वन्धमा असर नपर्ने र पर्न नहुने बताएका थिए । भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत ¥यान्डी बेरीलाई भेट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
यस विषयलाई ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै भनी प्रष्ट्याएका थिए । ट्रम्पको ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको बिफ्रिङमा नेपाल भारतमा पर्ने भन्ने होइन भन्दै अज्ञानता प्रकट गरेको खुलासा समाचारहरू बाहिरिएका थिए ।
तर ओलीले अमेरिकी राजदूतलाई यस्तो बताएपछि प्रचण्ड भने असन्तुष्ट देखिए । जसको जवाफमा प्रचण्डले सरकार र पार्टी बोलिसकेकाले व्यक्तिले के भन्यो भन्ने कुराले अर्थ नराख्ने बताएका थिए । उनले पूर्वमओवादी सकिएको भन्नेलाई कडा जवाफ दिँदै माओवादीको अस्तित्व अझै बाँकी रहेको र कुनै पनि बेला अर्को माओवादी जन्मने चेतावनी दिएका थिए ।
अध्यक्ष प्रचण्डले सरकारको कार्यशैलीप्रति आलोचना गरेपछि नेकपा नेतृत्वको असमझदारी सतहमा आएको थियो । यो विषयलाई लिएर पूर्वएमाले र पूर्व माओवादीबीच सामाजिक सञ्जालमा भिडन्त नै देखियो । पूर्वएमालेले ओलीको समर्थन गरे भने पूर्वमाओवादीले प्रचण्डको । यी दुई नेताबीचको मतभेदले एकता प्रक्रिया कहाँसम्म पुग्छ भन्दै प्रश्नसमेत उठिरहेको छ । पार्टी एकीकरणकै चरणमा रहेका बेला अध्यक्षद्वयबीच मन मिल्न नसकेको भन्दै कार्यकर्ता स्तरबाट आलोचनासमेत हुन थालेको छ । यी दुई नेताबीचको मतभेदले एकता प्रक्रियामा नै खलबलिएको स्रोतको दाबी छ ।
तर यो असमजदारी कायम रहिरहे एकता प्रक्रिया र पार्टीको समग्र गतिविधिसँगै सरकारका काममा समेत असर पर्न भएपछि ओली र दाहालले भेटवर्ता गरेका छन् । उनीहरूले असमाजदारी कायम राख्न नहुने भेटबाट निश्कर्ष निकाले । ओली र प्रचण्डबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समय देखिएको असमझदारीका विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
भेटमा पछिल्लो समय देखिएको असमझदारी लम्ब्याउन नहुने विषयमा छलफल भएको थियो । दुई अध्यक्षबीच सम्बन्ध बिग्रन लागेको भन्दै चर्चा हुन थालेपछि प्रधानमन्त्री ओलीले यसलाई लामो समय राख्न नहुने र सम्बन्ध बिगार्न दिन नहुने बताए । जवाफमा प्रचण्डले सरकार र पार्टी सञ्चालनको विषयमा एकलौटी निर्णय भइरहेको भन्दै असन्तुष्टि राखेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...