काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले शुक्रबार मात्र सार्वजनिक गरेको ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको व्यांग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भूइँचालो गएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेको भनेको एक बर्ष पुगेकै भोलीपल्ट गायक पशुपति शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भन्दै विभिन्न उपमा र उदाहरण सहितको व्यंग्यात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा सो गीतले तरङ्ग ल्याएको हो ।
गीतमा प्रधानमन्त्रीप्रति पनि कडा व्यङ्ग्य गर्दै काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएको छ । सो गीतमाथि प्रतिबन्ध लगाउने बारे छलफल चलिरहेकै बेला गायक पशुपति शर्माले भने शनिबार यु ट्युवबाट आप्mनो गीत हटाएका छन् । गीतका विषयमा नेपाल कम्युनिष्ट पार्र्टीभित्र समेत खैलाबैला मच्चिएको थियो । गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरेर हेलिकोप्टर खरिद गरिएको बिषय पनि राखिएको छ ।
गीतको सुरुमै ‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही । त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट । भनिएको छ । आफु पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्दै बारम्बार आफ्नो भाषणमा भन्न नछुटाउने प्रधानमन्त्री ओलीलाई सो गीतले भत्भती पोलेको एक पीएले वताए ।
शुक्रबार साँझ सो गीतको चर्चा र परिचर्चा सुनेपछि ओलीले गीत सुनेका थिए । सुशासन कायम गर्ने मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक नै घुस आतंक मच्चाउन थालेपछि यो गीतको सान्दर्भिकता र चर्चा तति चल्यो कि करिव २४ घण्टामा यो गीतले ट्ेडिंगमा टप टेनमा पर्न सफल भएको थियो ।
घुस र भ्रष्टाचार आंतक फैलनु जस्ता विषयसँग शर्माको गीतको भाव मेल खाएपछि प्रधानमन्त्री ओली आफै चिन्तित बनेका थिए । अनि उनै ओलीको निवासमा रुगाँलु झैं बसेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोप्रवा –गोकुलप्रसाद बास्कोटा) ले सो गीत हटाउन चेतावनी दिएका थिए । मन्त्री बास्कोटाले सो गीत सरकार, प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध रहेको भन्दै त्यो नहटाए थुनी दिने धम्की दिएपछि पशुपति शर्मादेखि मुलुकका सारा कलाकार त्रासमा परेका छन् ।
शर्मााको गीतमा लोकसेवा पास गरेर भर्खर शिक्षकमा स्थायी जागिर खाएको युवाले छोरा छोरी भने बोर्डिङ स्कुलमा पढाउने गरेको, सरकारी डाक्टर अस्पताल छोडेर क्लिनिकमा समय बिताएको, नायव सुब्बाले २ बर्षमै आलिसान महल बनाएको, सुनकाण्ड, वाईडबडी काण्ड आदि घटनालाई मर्मस्पर्सी रुपमा समेटिएको छ ।
गीतमा राष्ट्रपतिले डेड अर्बको हेलिकोप्टर चढेको र स्वर्गजस्तो देशमा यमराज शासन गरेको शब्द समेटिएको छ । प्रधानमन्त्री ओलीको आपत्ति गीतको यही वाक्यमा परेको बुझिएको छ । ट्राफिक लाईटको व्यवस्था गर्न नसक्ने सरकार भएको र सडकमा ट्राफिकले फुकेको सिठीलाई कसैले नसुनेको गुनासो र ठेकेदारले धम्क्याएर लुटेका घटनलाई मर्मस्पर्सी ढंगले प्रस्तुत गरेका छन् ।
शुक्रबार मात्रै अख्तियारका आयुक्त राजनारायण पाठकले घुस लिएको प्रमाण सार्वजनिक भएपछि पदबाट राजीनामा दिन बाध्य भएका थिए । कतिपयले नेताहरुकै सुझावमा कारबाहीबाट बच्न पाठकले राजीनामा दिएको भन्दै आलोचना समेत गरिरहेका छन् । ‘जनताको मुटुभित्र काँडा कति–कति, डेढ अर्बको हेलिकप्टर चड्छिन् राष्ट्रपति ।
लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट गीतमा भनिएको छ । गीतको अभिनयमा गायक शर्मा, प्रज्वल भण्डारी र मञ्जु विक देखिका छन् । भिडियोले करीब चार लाख लाख भ्यूज पाइसकेको थियो । उनले युट्युवबाट भिडियो डिलिट गरे पनि हरेक व्यक्तिको हात हातमा रहेको मोवाईलको फेसबुक, म्यासेन्जर र मेलमा उनको गीतले भरिएको छ । सरकारले आफूविरुद्धको अभियानको रुपमा लिएर सो भिडियोबाट आत्तिएको कतिपय कलाकारहरुले प्रतिक्रिया दिएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...