जसपाका नेता रहिम मिक्रानी, घर्तीमगर र थापामगर नेकपा माओवादी केन्द्रमा प्रवेश – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

जसपाका नेता रहिम मिक्रानी, घर्तीमगर र थापामगर नेकपा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसंगै विभिन्न पार्टीहरुमा अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेहरुको लर्को लागेको छ ।यस्तै जनता समाजवादी पार्टीका तीन जना नेता जसपा परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसको अवसरमा जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा. अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्दै देश र जनताको सेवमा समर्पित हुने बताइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनीहरुलाई स्वागत गरेका थिए । पार्टीका अन्य नेताहरुले पनि अन्य पार्टीबाट माओवादी केन्द्रको राजनीतिमा आएका नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ बैशाख ९, १४: ०९

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७९ बैशाख ९, १४: ०९

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
  • २०७९ बैशाख ९, १४: ०९

काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...