काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भ्रष्टाचारबिरोधी अभियानका कारण प्रष्टाचारीहरुको भागाभाग भएको सार्वजनिक रुपमा अभिव्यक्ति दिए पनि सत्तारुढ नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक क्षेत्रमा काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले राष्ट्रिय व्यवसायी महासघको कार्यक्रममा दिएको यो अभिव्यक्तिले मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने झैं भ्रष्टाचारीको भागाभाग नभएको स्पष्ट हुन्छ ।
उनले अराजकतालाई नियन्त्रण गरिएन भने राज्य कमजोर हुने भन्दै अहिले डर भन्ने कुरा हराएको र गलत काम गरे भने मलाई सजाय हुन्छ भन्ने कसैले महसुस नगरेको पनि स्पस्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै पूर्वप्रधानमन्त्री नेपालले कम बोल्ने र अरुका कुरा धेरै सुन्ने बानीको विकास हुन आवश्यक रहेको बताउँदै राज्यबाट विषयवस्तुको अध्ययन, अनुन्धान, अनुगमन, मूल्याङ्कन र दण्ड सजायको व्यवस्था हुन आवश्यक रहेको बताए ।
विना मेहनत रातारात धनी हुने प्रवृत्ति अहिले हाबी हुँदै गएको दाबी गर्दै उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेसम्म जनताले सहजरूपमा सेवासुविधा प्राप्त गर्न र राज्य विकासको पथमा अघि बढ्न नसक्ने स्पष्ट पारे ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...