संवैधानिक आयोगमा नक्कलीधारीलाई किन गरे सिफारिस – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

संवैधानिक आयोगमा नक्कलीधारीलाई किन गरे सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद्को बैठकले नक्कली नागरिकता लिने एक व्यक्तिलाई संवैधानिक आयोगमा सिफारिस गरिएको बुझिएको छ । गत माग ६ गते प्रमुख प्रतिपक्षी दलका नेता तथा परिषद् सदस्य शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको परिषद् बैठकले मुस्लिम आयोग अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समितिले अन्सारीविरुद्ध परेको उजुरीका सम्बन्धमा छलफल गरिरहेको छ । अन्सारीको नागरिकता लगायत अन्य प्रमाणपत्रहरु समेत नक्कली भएको समितिले आशंका गरेको छ । उनी राजनीतिक दलको सक्रिय कार्यकर्ता अर्थात नेकपाको केन्द्रीय सदस्य समेत भएको उजुरी परेको छ । सो सम्वन्धमा पनि समितिले निर्वाचन आयोगसँग राय लिने बुझिएको छ । उनले लिएको पहिलो नागरिकता र पछि लिएको नागरिकताको प्रतिलिपीमा फरक फरक जन्म मिति भएको देखिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका चार सांसद जो संसदीय सुनुवाइ समितिमा छन्, उनीहरुले बैठक लगातार बहिष्कार गर्दै आएका छन् । सुनुवाई समितिमा कांग्रेसको तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल, जीतेन्द्र देव र भीमसेनदास प्रधानले प्रतिनिधित्व गर्छन् । संवैधानिक परिषदले संवैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई सहभागि नगराएको आरोप लगाउँदै कांग्रेसले सुनुवाई समितिका बैठकमा भाग नलिएको हो । संवैधानिक परिषद्ले थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्तको नाम सिफारिस गरेको थियो ।

यसअघि, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्षमा प्रस्तावित बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोग अध्यक्षमा प्रस्तावित डा.शान्तराज सुवेदीको सुनुवाइ भइसकेको छ । तथापि, दुवैको नाम अनुमोदन गर्ने वा नगर्ने बारे निर्णय समितिले गरेको छैन । संसदीय सुनुवाई समितिमा संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठले प्रतिनिधित्व गर्दैछन भने राजपाबाट लक्ष्मणलाल कर्णले प्रतिनिधित्व गर्छन् । उनी समितिका अध्यक्ष पनि हुन । समितिका वाँकी ७ जना नेकपाबाट प्रतिनिधित्व गर्छन् ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ फाल्गुन १३, १०: ०५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७५ फाल्गुन १३, १०: ०५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७५ फाल्गुन १३, १०: ०५

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...