कुन नेताको के दाउ छ, नेविसंघभित्र ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सवैभन्दा प्रभावशाली र शक्तिशाली भातृ संस्थाको रुपमा चिनिएको नेपाल विद्यार्थी संघ यतिवेला अस्तित्व बचाउने र प्रभाव जमाउनेबीचको तानातान र खिचातानीमा परेको छ ।
पार्टी संस्थापन पक्षधर मानिएका नैनसिंह महरलाई असफल देखाउन सभापति देउवा गुटकै अन्य नेताहरु कम्मर कसेर लागेपछि यतिवेला नेविसंघको अस्तित्व मात्र छ । केन्द्रीय समिति नै छैन् ।
तर केही विद्यार्थी भने नेविसंघको अस्तित्व बचाउने होइन, प्रभाव जमाउने योजनामा छ । सभापति देउवा निकटका उपसभपाति विमलेन्द्र निधि पूर्वमहामन्त्री सरोज थापालाई तदर्थ समिति अध्यक्ष बनाउन चाहन्छन भने सहमहामन्त्री डा. प्रकाशशरण महत भने पूर्वसहमहामन्त्री प्रेमराज जोशीलाई बनाए उपयुक्त हुन्छ भन्ने पक्षमा छन् । तर, सभापति देउवाकी पत्नी डा. आरुजु राणा भने पूर्वउपसभापति पुष्पकुमार शाहीलाई अध्यक्ष बनाउनु पर्ने भन्दै सभापति देउवालाई दबाब दिइरहेकी छन् । नेविसंघ पूर्वअध्यक्ष बालकृष्ण खाँड भने घिमिरे थरका एक युवालाई अध्यक्ष बनाउन चाहन्छन् ।
यसरी नेतै पिच्छे विद्यार्थी भए पछि पूर्वअर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने राजिप ढुंगानालाई अध्यक्ष बनाउनु पर्ने पक्षमा छन् । प्रवक्ता विश्वप्रकाश शर्माको सुझाव पनि सहमति भए रामचन्द्र पौडेल निकट भनिएका रोल्पाका मनोजमणी आचार्य र त्यो नभए विकल्पमा राजिप ढुंगानालाई नेविसंघ तदर्थ समिति बनाउनु पर्ने पक्षमा छन् ।
दुई बर्षे कार्यकाल रहेको नैनसिंह महर नेतृत्वको नेविसंघले साउनसम्ममा १४ जिल्लाको अधिवेशन गरिसकेको थियो । तर, बिद्यार्थी हेर्ने पार्टी सहमहामन्त्री डा. महतले निर्माण गरेको बिधान पार्टी केन्द्रीय कार्य समितिले पारित गर्न ढिलाइ गरेपछि बिबाद लम्बिएको थियो ।
भदौ ३ गते म्याद सकिएको महर नेतृत्वको नेविसंघको बिधान बमोजिम तीन महिना समय थप गरिएको थियो । तर, महाधिवेशनको तयारी र घोषणा गरिए पनि म्यादा सकिएकोले पुन दुई महिना थप गरी माघ ३ गतेसम्म पुर्याइएको थियो । माघ ३ गतेअघि नै महरलाई असयोग गर्दै आएका उनी निकटकै पदाधिकारीले राजिनामा दिए पछि महर अप्ठ्यारोमा परेका हुन् ।
माघ १० गते बस्ने कांग्रेस केन्द्रीय कार्य समिति बैठकले नेविसंघको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने भनियो तर, त्यसको करिव एक महिनापछि मात्र महरले अध्यक्ष पदबाट राजिनामा दिएपछि सभपाति देउवाले नेविसंघ भंग गरेका थिए । महर नेतृत्वको नेविसंघलाई भंग गर्न सभापति देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमति जनाएका थिए ।
तर उनै पौडेल हुन जसले नेविसंघले तयार गरेको बिधानलाई स्वीकृत नगरी पार्टी सहमहामन्त्री डा. महतले ल्याएको बिधान पारित गरेको भन्दै असहमति अर्थात नोट अफ डिसेन्ट लेखेका थिए । तर उनै पौडेलले महर नेतृत्वको केन्द्रीय समिति भग गर्न सभपाति देउवालाई साथ र सहयोग गरेका थिए ।
सभापति देउवालाई नेविसंघ तदर्थ समिति नयाँ बिधान अनुसार ३२ बर्ष उमेर नकाटेका विद्यार्थीबाटै गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सुझाव दिएका छन् । तर सिटौलाको सुझावलाई नसुने झै गरेका देउवाले नेविसंघ भंग गरेको एक महिना वित्दा समेत गठन गर्न वेवास्था गरेका छन् । जसले गर्दा नेता सिटौलाले पूर्वमहामन्त्री कुन्दनराज काफ्ले लगायतका नेतालाई आफ्ने निवास चण्डोलमा गएर प्रत्येक प्रदेश र जिल्लामा गएर संगठन गर्न निर्देशन दिएका छन् ।
उनले नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य लगायतको उपस्थितिमा सभापति देउवा र पौडेल नेविसंघ तदर्थ समिति तत्काल निर्माण गर्ने पक्षमा नरहेको भन्दै आफै बिद्यार्थी माझ जाने निर्देशन दिनु भएको हो । करिव एक सय बढी बिद्यार्थीको माझमा उनले नेविसंघ तदर्थ समितिले बनाउन नसक्ने भए किन भंग गरेको भनी प्रश्न गर्दा सभपाति देउवा र नेता पौडेलबाट कुनै जवाफ नआएको बताएका थिए ।
उनले ३२ बर्ष मुनिका नेविसंघका कुनै कार्यकर्ता नभेटीए सभापति र वरिष्ठ नेता आफैले सभापति र उपसभापति पद लिएर अघि बढ्न सुझाव दिएका थिए । सिटौलाले कांग्रेसका कुनै पनि भातृ संस्थाको महाधिवेशन नगर्ने र तदर्थ समिति बनाए आफ्ना समर्थकको भिँड जगाउने पक्षमा सभापति देउवा लागेको आरोप लगाएका थिए ।
उनले सभापतिमा देउवा आए पछि आफ्नो बिचार समूहको नेतृत्वले नेपाल विद्यार्थी संघमा ३३ प्रतिशत बढी, महिला संघका ४० प्रतिशत बढी, तरुण दलमा २५ प्रतिशत, नेपाल टे«ड युनियन कांग्रेसमा ७० प्रतिशत बढी, कर्मचारी संघका ६० प्रतिशत बढी, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनमा ७० प्रतिशत बढी स्थान विजयी भएको जनाउँदै अब भातृ संस्थाको अतिरिक्त पार्टी भित्रै प्रभाव फैल्याउन निर्देशन दिएका थिए ।
सिटौलाले नेपाल दलित संघको नामै नलिइ आफै केन्द्रीय सदस्य भएको एक भातृ संस्थाको महाधिवेशन नभएको ७ बर्ष हुन लाग्दा पनि महाधिवेशनको तयारी नगरेको भन्दै नेतृत्व स्वेच्छाचारी ढंगले अघि बढेको दाबी गरेका थिए ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...