सुमार्गीलाई पनि किन पत्याएनन् पत्रकारले ? – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

सुमार्गीलाई पनि किन पत्याएनन् पत्रकारले ?

काठमाडौं । कुनैबेला नेपालको नम्वर वान मिडियो दाबी गर्ने कान्तिपुर मिडिया ग्रुपलाई च्यालेन्ज दिँदै भव्य पत्रकार सम्मेलन गर्ने चर्चित व्यवसायी अजयराज सुमार्गीलाई पत्रकारले पनि पत्याउन छाडेका छन् ।

कुनै बेला क्रियाशिल, योग्य र क्षमतावान पत्रकारलाई राम्रो सेवा सुविधा दिने भन्दै मुक्तिश्री टावरमा थाहाखबर डट कम सञ्चालन गरेका सुमार्गीसँग यतिवेला मूलधारको पत्रकारिता गर्ने पत्रकारको खडेरी लाग्न थालेको छ ।

सुमार्गीले क्रियाशिल पत्रकारको अवस्था, सेवा सुविधाको बिषयमा आफैले केही थाहा नपाउने तर आफू निकटका भनिएकाहरुको मात्र कुरा सुन्ने र पत्याउने गर्दा एकपछि अर्को गर्दै एक दर्जन बढी पत्रकारले सुमार्गीको रेडियो र अनलाईनबाट बिदा लिएका छन् ।

सुमार्गीले दुईबर्ष अघि असार १५ गते थाहाखबर डट कमको शुभारम्भमा २०७४ सालमा टेलिभिजन र २०७५ सालमा दैनिक पत्रिका संचालन गर्ने घोषणा गरेका थिए । तर, सुमार्गीको यो उदेश्यमा उनी निकटकै केही बृद्ध र समाचार लेख्न र रिपोर्टिङ गर्न नसक्नेहरुकै हाली मुहाली हुँदा क्रियाशिल पत्रकारहरुले धमाधम बिदा लिन थालेका हुन् ।

सुमार्गीले दुई महिनाअघि नागरिक दैनिक किन्ने हल्ला गरिएको थियो । तर, त्यो हल्ला उनले बिदेशबाट ल्याएको रकमलाई व्यवस्थापन गर्न मात्र थियो भनेर बुझ्नेहरु पनि त्यतिकै छन् । सुमार्गीले थाहा रेडियो नेटवर्कको जिम्मेवारी पवन पौडेललाई दिएका छन भने थाहाखबर डटकमको प्रधान सम्पादकमा तीर्थ कोइरालालाई जिम्मेवारी दिएका छन् ।

कोइरालासँग कान्तिपुरको नेपाल म्याग्जीन, हिमालय टाइम्स, कान्तिपुर टेलिभिजन र सगरमाथा दैनिकको सम्पादक भएर काम गरेको अनुभव छ । कोइरालाले लगाम नलगाउँदा पशुपति शम्शेर जबरा निकट भनेर चिनिएका अर्जुन खड्काको हालिमुहाली अनलाईनमा हुने गरेको छ ।

उनको अस्वभाविक र पक्षपातपूर्ण व्यहारका कारण हालसम्म थाहा खबर डटकम छोडेर १५ बढी पत्रकारले राजिनामा दिँदै अन्यत्र जान थालेका छन् । समाचार कन्टेन्टमाभन्दा व्यक्तित्व तथा फेसनमा रुची राख्ने खड्कालाई सुमार्गी पत्नी अस्मिताको विश्वास जितेका कारण उनलाई कसैले पनि हल्लाउन नसक्ने चर्चा थाहाखबरमा हुने गरेको छ ।

सुमार्गीको साहित्यक फाँटको जिम्मेवारी लिएर बसेका तथा विश्वास पात्र भनिएका पत्रकार घनेन्द्र ओझाले समेत थाहा खबर अनलाईन छाडेपछि सुमार्गीमा चिसो पसेको चर्चा मुक्ति टावरमा व्यापक हुन थालेको छ । घनेन्द्रले थाहाखबरलाई बाईबाई गरेर आजको न्युज डट कममा गएका छन् । अर्का युवा क्रियाशील पत्रकार चिरञ्जीवि घिमिरेले पनि फागुनबाटै थाहाखबरलाई बाईबाई गरी नागरिक न्युज डट कममा गएका छन् ।

नेकपा बिट हेरिरहेकी देवीका घर्तीमगरले समेत थाहाखबर छोडेर भूमिसुधार मन्त्रीको प्रेस सल्लाहकार हुन पुगेकी छन् । उनले पनि थाहाखबरको पत्रकार भएर केही सिक्न नसकिएकोले अब राजनीति गर्ने सुर कसेकी छन् ।

दुई महिनाअघि मात्र चर्चित रंग पत्रकार दिप्सन लुइँटेलले थाहाखबरबाट बिदा लिएर अनलाईन खबर पुगेका छन् । गतबर्ष थाहाखबर छोडेर रबी बराल अन्नपूर्ण न्युज डटकममा, बिनोद ढकाल अनलाईन खबर डटकममा, लिलाराज खनाल नेपाल समय डटकम हुँदै हाल हिमालय टिभिमा एका छन् भने अन्वेषण अधिकारी थाहाबखर छोडेर नयाँ पत्रिका दैनिकमा गएका छन् ।

त्यसैगरी आरसी भण्डारी लोकान्तरमा गइसकेका छन् । सुमार्गीको अनलाईनमा तलब थोरै तर काम धेरै लगाउने गरेको भन्दै पत्रकारहरु असन्तुष्ट बनेका हुन् । सम्पादक बनेका अर्जुन खड्काको रुखो र पक्षपातपूर्ण व्यवहारबाट आजित भएको भन्दै यस अगाडिनै आस्था केसी, रोशन पराजुली, बुद्ध लोप्चन, शिशिर ढकाल, अमृत अधिकारीले समेत थाहा खबर छोडेका थिए ।

यतिवेला अनलाईनमा पत्रकार चाहियो भनेर सम्पादक कोइराला खोजीमा रहेपनि केही व्यक्तिका कारण त्यहाँ नजाने भनेर पत्रकारहरु तर्सने गरेको रेडियो थाहा सञ्चारका एक पत्रकारले बताए ।

सुमार्गीलेनै चलाएको रेडियो थाहा सञ्चारमा तलव सुविधा कम भएपनि पवन पौडेलको ब्यवहारका कारण धेरै पत्रकारले नछोडेको बुझिएको छ । तरपनि त्यहाँभन्दा राम्रो सुविधा पाएपछि दिपेन्द्र कुँवर हिमालय टिभिमा गए भने हिम विष्ट विप्लव निकट नेकपाको पत्रकार महासचिव भएर राजनीतिमा होमिएका छन् ।

रेडियोबाट एक बर्षमा विसाल सापकोटा र राजन सिलवालले पनि छोकिसकेका छन् । यसरी आफ्नो संस्थामा रहेका पत्रकारनै धमाधम छोड्न थालेपछि सुमार्गी पनि अब मिडियामा हात नहाल्ने र कैलास सिरोहियासँग पनि जोरी नखोज्ने भन्दै मौन बसेको गाइगुई खुमलटार प्रचण्ड निवास छेउछाउमा चल्न थालेको छ ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०७५ चैत्र ३, १०: २५

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०७५ चैत्र ३, १०: २५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०७५ चैत्र ३, १०: २५

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...