
काठमाडौै । पूर्वपञ्चहरुको वाहुल्यता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी रापपाले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र पुनस्र्थापना लगायतका मागहरु राखेर आगामी चैत १५ बाट आन्दोलन गर्ने भएको छ ।
पार्टीले गत फागुन १५ गते ताप्लेजुङ्गबाट शुरु गरी चैत्र १ गते काठमाडौमा सम्पन्न गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा आमजनताबाट प्राप्त सुझाव अनुसार जनसंघर्षका तीन चरणका कार्यक्रम घोषणा गरेको बताएको छ । पहिलो चरणमा स्थानीय तहमा, दोश्रो चरणमा जिल्ला सदरमुकाममा र अन्तिम चरणमा संघर्षलाई राजधानी केन्द्रीत गरिने भएको छ ।
राप्रपाले चैत १२ देखि १६ गतेसम्म प्रचार प्रसार, चैत १७ देखि २३ गतेसम्म संघर्षको मागहरुको पक्षमा देशब्यापी हस्ताक्षर संकलन, चैत २५ गते सिंहदरवार अगाडि, प्रदेश राजधानी र जिल्ला सदरमुकाममा १ घण्टे धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपासँग गर्ने भनिएको एकता भाँडिएपछि कमल थापा नेतृत्वको राप्रपाले देशब्यापी प्रचारमूलक जानगरण अभियान चलाएको थियो ।
राप्रपाले चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, बैशाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको व्यानर÷प्लेकार्ड जलाउने, बैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमको घोषणा गरेको छ । आन्दोलन वम संघर्ष शान्तिपूर्ण र संबिधानको परिधिभित्र रहेर हुने भन्दै राप्रपाले यसैबिच मागहरु पुरा गर्नेबारे सरकार सकारत्मक रुपमा प्रस्तुत भए सरकारसंग वार्ताको ढोका सदैव खुला राख्ने निर्णय समेत भएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले बताए ।
राप्रपाले आन्दोलनका क्रममा हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा आन्दोलन गरे पनि तराईका केही जिल्लाहरुमा देश टुत्र्mयाउने गतिविधि गरि रहेको बिखण्डनकारी सिके राउतसंग भएको नेपाल सरकारको सम्झौता अप्रत्याशित र रहस्यमय ढंगबाट सार्वजनिक भएको भन्दै सम्झौतामा प्रयुक्त भाषा र सम्झौता पछिका गतिविधिले आमजनतामा व्यापक आशंका र चिन्ता पैदा गरेको ठहर गरेको छ ।
सम्झौताले स्वतन्त्र मधेशको मुद्दा र संगठनलाई वैधता प्रदान गरेको सम्झौतामा कथित स्वतन्त्र मधेश संगठनलाई एक अलग देशको प्रतिनिधिको रुपमा कायम गरिएको र कथित स्वतन्त्र मधेश संगठनमा आबद्ध नेता, कार्यकर्ता र समर्थकहरु अलग देशका जनता भएझै नेपाली नागरिक सरह सुविधा दिने विषय सम्झौतमा उल्लेख भएको भन्दै आपत्ति प्रकट पनि गरेको छ ।
बिखण्डनकारीहरुको अन्तर्राष्ट्रिय संस्था युएनपीओबाट सिकेआबद्ध समुह अलग नभएको र सम्झौताको भोलिपल्ट सि.के. राउतको उपस्थितिमा जनकपुरमा नेपालप्रति घृणा फैलाउने र राष्ट्र विखण्डनको नाराबाजी तथा प्रदर्शन भएको थापा नेतृत्वको राप्रपाले ठहर गरेको छ ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...